Wednesday, January 21, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशी प्रदेशस्तरीय बांग्ला समाजको बैठक नेपाल वि.संघ केन्द्रीय सदस्य कुन्दन मण्डल प्रमुख अतिथिमा सम्पन्न

कोशी प्रदेशस्तरीय बांग्ला समाजको बैठक नेपाल वि.संघ केन्द्रीय सदस्य कुन्दन मण्डल प्रमुख अतिथिमा सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
June 21, 2025
in समाचार
A A
0
कोशी प्रदेशस्तरीय बांग्ला समाजको बैठक नेपाल वि.संघ केन्द्रीय सदस्य कुन्दन मण्डल प्रमुख अतिथिमा सम्पन्न
13
SHARES
Share on FacebookShare on Twitter

इटहरी । नेपाल राष्ट्रिय बांग्ला समाजको कोशी प्रदेशस्तरीय बैठक सुन्दर हरैंचा नगरपालिका–५, मोरङस्थित नयाँ बृन्दावन गौशालामा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।

बैठकको पहिलो चरणमा प्रमुख अतिथिका रूपमा नेपाल वि.संघ केन्द्रीय सदस्य तथा कोशी प्रदेश अन्तर्गत पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवालयका कुन्दन मण्डलको उपस्थितिमा “Bengali Community in Nepal: A Case Study” नामक अनुसन्धानमूलक पुस्तकको विमोचन गरिएको थियो। उनले उक्त कृतिका लागि मन्त्रालयबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बैठकको पहिलो चरणको अध्यक्षता समाजका केन्द्रीय अध्यक्ष पार्थो सरकारले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रमोद कुमार चक्रवर्तीले राख्नुभएको थियो।

बैठकको दोस्रो चरणमा कोशी प्रदेश इन्चार्ज प्रमोद कुमार चक्रवर्तीको अध्यक्षता र भेट्वे कम्पनी नेपालका निर्देशक अनुप कुमार दासको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो। विशिष्ट अतिथिको रूपमा संस्थापक उपाध्यक्ष तथा समाजसेवी विपलभ घोषको उपस्थिति रहेको थियो।

बैठकमा केन्द्रीय कोषाध्यक्ष विन्दानन्द नुन्दी, ललित मंडल, सन्त कुमार नुन्दी, खकन कुमार दास, जवा चक्रवर्ती, राजेश दास, तापस दास, पंकज मंडल, दिपक मंडल, शंकर चेल, राम दास, प्रिति चक्रवर्ती, सुरज दास, दुश्मी मंडल, पुजा मंडल लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा वि.संघले २०८२ जेष्ठ १४ गते प्रकाशित नामावलीलाई सर्वसम्मतिले पारित गरिएको जानकारी गराइयो। विशिष्ट अतिथि विपलभ घोषले सामूहिक एकताको सन्देश दिँदै आवश्यक परे हकअधिकारको रक्षाका लागि आन्दोलन गर्न पनि समुदाय तयार रहनुपर्ने धारणा व्यक्त गर्नुभयो।

नयाँ बृन्दावन गौशालाका गुरु दिनाबन्दु शास्त्रीले समाजप्रतिको समर्पण र योगदान सबै सदस्यले जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। अन्य वक्ताहरूले समाज, संस्कृति र समुदाय सशक्तीकरणमा जुट्न सबैलाई आग्रह गरे।

Previous Post

सहकारीले फेरेको जीवन : जो जिरोबाट हिरो बने

Next Post

सहकारीले फेरेको जीवन : सहारा नेपालको २९ वर्षे यात्रामा समृद्धिको पहिचा

Next Post
सहकारीले फेरेको जीवन : सहारा नेपालको २९ वर्षे यात्रामा समृद्धिको पहिचा

सहकारीले फेरेको जीवन : सहारा नेपालको २९ वर्षे यात्रामा समृद्धिको पहिचा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana