Thursday, January 22, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सहकारीले फेरेको जीवन : सहारा नेपालको २९ वर्षे यात्रामा समृद्धिको पहिचा

सहकारीले फेरेको जीवन : सहारा नेपालको २९ वर्षे यात्रामा समृद्धिको पहिचा

by नेपाल टाइमलाइन न्यूज
June 22, 2025
in समाचार
A A
0
सहकारीले फेरेको जीवन : सहारा नेपालको २९ वर्षे यात्रामा समृद्धिको पहिचा
14
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । मेरो गौरव, मेरो सहारा – सबैका लागि, सधैंका लागि” भन्ने मूल नाराका साथ सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २९औं स्थापना दिवस मनाउँदै सहकारीको माध्यमबाट गरिबी न्यूनीकरणदेखि समृद्ध समाज निर्माणसम्मको यात्रालाई उजागर गरेको छ।

देशकै एक नमूना सहकारीका रूपमा स्थापित सहारा नेपालले आफ्नो सेवा विस्तार गर्दै सदस्यहरूको जीवनशैलीमा गुणात्मक सुधार ल्याउन उल्लेखनीय भूमिका खेलेको छ। २९ वर्षको यात्रामा यस संस्थाले सामाजिक, आर्थिक, वातावरणीय र प्रविधिक क्षेत्रमा पुर्‍याएको योगदान उदाहरणीय मानिएको छ।

संस्थाको प्रमुख उद्देश्य गरिबी न्यूनीकरण रहेको छ। लघुवित्त कार्यक्रम, सिप तथा तालिम, स्वरोजगार तथा उद्यमशीलता विकासमार्फत हजारौं सदस्यलाई आत्मनिर्भर बनाउने काम सफलतापूर्वक अघि बढाइएको छ। प्रत्यक्ष रूपमा ५०१ जनालाई रोजगारी दिइएको छ भने कृषि व्यवसाय, अटो रिक्साका माध्यमबाट झण्डै १० हजार भन्दा बढी व्यक्तिको जीविकोपार्जनमा सहजीकरण गरिएको छ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत संस्थाको उल्लेखनीय योगदान छ। सहारा साकोस शिक्षा सदनमार्फत ३८० विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको छ भने प्राविधिक शिक्षा अध्ययनका लागि २१९ जनालाई छात्रवृत्ति उपलब्ध गराइएको छ। स्वास्थ्य सेवामा ५६ करोडभन्दा बढी रकम उपचार, अप्रेसन र विशेष रोगमा खर्च गरिएको तथ्यांकले देखाउँछ।

संस्थाले जैविक विविधता र वातावरण संरक्षणमा पनि महत्वपूर्ण कार्य गर्दै आएको छ। सुधारिएको चुलो, शौचालय, सोलार, बायोग्यास र फलफूलको विरुवा वितरणजस्ता कार्यक्रममार्फत हजारौं घरधुरीमा स्वच्छ, सुरक्षित र हरित जीवनशैली प्रवर्द्धन गरिएको छ।

सामाजिक सेवाको क्षेत्रमा समेत संस्थाले ज्येष्ठ नागरिकका लागि २६ वटा दिवा सेवा केन्द्र स्थापना गर्नुका साथै विपद्को बेला राहत वितरण, एम्बुलेन्स, खानेपानी ट्यांकी निर्माण, सर्पदंश उपचार केन्द्रजस्ता कार्यक्रम सञ्चालन गरेर समाजमा सहकारीको वास्तविक भूमिका प्रस्तुत गरेको छ।

कृषि तथा पशुपालन क्षेत्रका किसानलाई पनि वित्तीय तथा प्राविधिक सहायतासहित सशक्त बनाउने उद्देश्यले स्यालो ट्युबवेल, टनेल, पशु विमा, तालिम तथा फ्रेस हाउस निर्माणका कार्यक्रम विस्तार गरिएको छ।

युवाहरूलाई विदेश जानु अघि सीप सिक्न प्रेरित गर्ने अभियानसँगै उनीहरूलाई स्वदेशमै उद्यमशील बनाउने कार्यक्रम सञ्चालन गरिंदै आएको छ। हालसम्म संस्थामा १२ हजार युवा आबद्ध भइसकेका छन्।

लैङ्गिक समानता, सामाजिक समावेशीकरण र सदस्य सुरक्षाका पक्षमा पनि सहारा साकोसको दृष्टिकोण प्रष्ट छ। महिलाको सहभागिता ८० प्रतिशतभन्दा बढी रहेको छ भने सदस्यहरूका लागि बीमा, काजक्रिया खर्च, र ऋण मिनाह जस्ता कार्यक्रम प्रभावकारी छन्। संस्थाद्वारा अहिलेसम्म कुनै पनि सदस्यको धितो लिलामी गर्नु नपरेको विशेष उपलब्धि हो।

प्रविधिमैत्री सेवामा अग्रसर सहारा साकोसले मोबाइल बैंकिङ, क्यूआर कोड, एटिएम, इ–टेलर, क्यास डिपोजिट मेसिनमार्फत आधुनिक सेवा प्रणालीलाई प्रोत्साहन गरेको छ।

२९ वर्षको अविरल सेवामा संस्था ACCU सहित ८ वटा नेटवर्कसँग आबद्ध भई पाँच दातृ संस्था र आठ सहकारी संस्थासँग एकीकरण गरी सहकार्यको दायरा फराकिलो बनाएको छ।

साहारा साकोसले प्रमाणित गरिदिएको छ – सहकारी केवल वित्तीय कारोबारको माध्यम होइन, सामाजिक परिवर्तन र समृद्धिको बलियो आधार हो। जनसाधारणमा वित्तीय चेतना, सशक्तिकरण र सहभागिताको सन्देश फैलाउँदै संस्था सहकारी अभियानलाई जन–जनको अभियान बनाउन सफल हुँदै गएको छ।

 

– जनचेतनामूलक सन्देश:

“सहकारीमा लगानी, भविष्यमा समृद्धि””सहयोग र सहभागितामार्फत उज्यालो समाजको निर्माण”

 

Previous Post

कोशी प्रदेशस्तरीय बांग्ला समाजको बैठक नेपाल वि.संघ केन्द्रीय सदस्य कुन्दन मण्डल प्रमुख अतिथिमा सम्पन्न

Next Post

भोक्राहा नरसिंह गाउँपालिकाले ६० करोड ३६ लाखको बजेट सार्वजनिक, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

Next Post
भोक्राहा नरसिंह गाउँपालिकाले ६० करोड ३६ लाखको बजेट सार्वजनिक, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

भोक्राहा नरसिंह गाउँपालिकाले ६० करोड ३६ लाखको बजेट सार्वजनिक, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana