Friday, January 23, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहा नरसिंह गाउँपालिकाले ६० करोड ३६ लाखको बजेट सार्वजनिक, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

भोक्राहा नरसिंह गाउँपालिकाले ६० करोड ३६ लाखको बजेट सार्वजनिक, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

by नेपाल टाइमलाइन न्यूज
June 22, 2025
in समाचार
A A
0
भोक्राहा नरसिंह गाउँपालिकाले ६० करोड ३६ लाखको बजेट सार्वजनिक, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता
19
SHARES
Share on FacebookShare on Twitter

इनरुवा, असार ८ गते । भोक्राहा नरसिंह गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६० करोड ३६ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार गाउँपालिकाको सभा हलमा सम्पन्न १८औं गाउँ सभा अधिवेशनमार्फत बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरिएको हो।

अधिवेशनमा गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार तथा सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

उनले कृषिमा आधारित किसानलाई सहयोग गर्न कृषि मोटर, बोडिङ्ग सुविधा, निःशुल्क स्वास्थ्य बीमा, सडक तथा बाटो कालोपत्र र मर्मत, महिलाको उद्यमशीलता विकास, जेष्ठ नागरिकलाई प्राथमिकता, पोलबत्ती जडान लगायत कार्यक्रमलाई निरन्तरता दिने बताए।

कार्यक्रममा नेपाली कांग्रेस गाउँ इकाइ सभापति युवराज दाहाल, उपाध्यक्ष सुनिता उराँव, प्रमुख प्रशासकीय अधिकृत विनोद अधिकारी, वडा नं. १ का अध्यक्ष लक्ष्म मेहता, वडा नं. २ का अध्यक्ष आलम अन्सारी, वडा नं. ३ का अध्यक्ष धिरेन्द्र यादव, वडा नं. ४ का अध्यक्ष हारुण अन्सारी, वडा नं. ५ का अध्यक्ष हबिब मन्सुरी, वडा नं. ६ का अध्यक्ष सेराजुदिन मन्सुरी, वडा नं. ७ का अध्यक्ष बोवालाल यादव, वडा नं. ८ का अध्यक्ष उष्मान मिया, वडा सदस्यहरू, कर्मचारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

गाउँपालिकाले प्रस्तुत बजेटमार्फत समृद्धि र सेवा प्रवाहमा सुधार ल्याउने लक्ष्य लिएको जनाएको छ।

 

Previous Post

सहकारीले फेरेको जीवन : सहारा नेपालको २९ वर्षे यात्रामा समृद्धिको पहिचा

Next Post

गाउँ सभाबाट पत्रकार मेहतालाई सम्मान, सञ्चार क्षेत्रमा योगदानको उच्च मूल्याङ्कन

Next Post
गाउँ सभाबाट पत्रकार मेहतालाई सम्मान, सञ्चार क्षेत्रमा योगदानको उच्च मूल्याङ्कन

गाउँ सभाबाट पत्रकार मेहतालाई सम्मान, सञ्चार क्षेत्रमा योगदानको उच्च मूल्याङ्कन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana