Thursday, January 22, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, विराटनगरमै अटेरी गर्दा सचिवको चाबी खोसियो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
in समाचार
A A
0
सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?
25
SHARES
Share on FacebookShare on Twitter

रविन्द्र कुमार यादव ,विराटनगर । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे फेरि विवादमा तानिएका छन् । मन्त्रालयमा सरुवा भएर आएको एक वर्ष नपुग्दै विवादमा लिप्त हुने उनको पुरानो बानी फेरि सतहमा आएको देखिन्छ ।

वाग्मती र मधेश प्रदेशमा रहँदा पनि बारम्बार विवादित बनेका सचिव पाण्डे यसपटक मन्त्रीसँगको टकरावका कारण चर्चामा आएका हुन् । गत साउन २६ गतेको मन्त्रीपरिषद् बैठकले उनलाई कृषि तथा पशुपंक्षी मन्त्रालय सिंहदरबारमा सरुवा गरेको थियो । तर, उनले रमाना नलिई विराटनगरमै अटेरी गरेकाले मन्त्रालयभित्र कामकाज ठप्प हुने अवस्था सिर्जना भएको छ ।

मन्त्रालयका स्रोतका अनुसार, सचिव पाण्डेले राजनीतिक शक्ति र शक्तिकेन्द्रको आडमा भदौ १३ गते पुनः सरुवा बदर गराएका छन् । निर्णयअनुसार उनलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा खटाइए पनि उनी अझै कृषि मन्त्रालयकै गाडी प्रयोग गर्दै आएका थिए । यसैबीच मन्त्री खगेनसिं हाङमागले ‘मुख्यमन्त्री कार्यालयमा सरुवा भएका सचिव कृषि मन्त्रालयको गाडी किन प्रयोग गर्छन् ?’ भन्ने प्रश्न उठाएपछि सोमबार सचिवको गाडीको चाबी नै खोसिएको हो ।

मन्त्री हाङमागले सचिव पाण्डेलाई स्वीकार गर्न नसक्ने स्पष्ट प्रतिक्रिया दिएका छन् । “एक पटक मन्त्रीस्तरीय निर्णयबाट सरुवा भएर गइसकेका सचिव फेरि राजनीतिक दबाबमा फर्कन्छन् भने, म त्यस्तो सचिवसँग काम गर्न सक्दिन,” उनले भने ।

मन्त्रालयका कर्मचारीहरूका अनुसार, सचिव पाण्डेले मन्त्रीसँग सहयोग नगर्ने, गुटबन्दी गर्ने र नीति–कार्यक्रम अवरुद्ध गर्ने प्रवृत्ति देखाउँदै आएका छन् । यसकै कारण किसानका लागि ल्याइएका व्याज अनुदान कार्यक्रम, बजेट खर्च र ‘खोरेत रोग मुक्त गर्ने अभियान’ जस्ता महत्वपूर्ण कार्यक्रम प्रभावित भएका छन् ।

यता, सचिव पाण्डे भने मन्त्रीमाथि आसेपासे नियुक्तिको आरोप लगाउँदै आएका छन् । तर, मन्त्रालयभित्रका कर्मचारीहरू भन्छन्, “सचिवले वातावरणमै बिगारेका कारण काम गर्ने अवस्था सिर्जना हुन सकेन ।

यसरी मन्त्री र सचिवबीचको विवाद सतहमा आउँदा मन्त्रालयका नियमित कामकाज मात्र होइन, किसानका हितका योजनासमेत अवरुद्ध हुने अवस्था सिर्जना भएको देखिन्छ ।

Previous Post

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

Next Post

Historic MoU Signed Between Bihar and Koshi Province to Promote Tourism

Next Post
Historic MoU Signed Between Bihar and Koshi Province to Promote Tourism

Historic MoU Signed Between Bihar and Koshi Province to Promote Tourism

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana