इनरुवा । सुनसरीको इनरुवा नगरपालिकास्थित रङ्गशालामा सम्पन्न प्रथम इनरुवा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक इनरुवा फुटबल क्लबले आफ्नो नाममा लेखाउन सफल भएको छ।
आइतबार सम्पन्न फाइनल खेलमा आयोजक टिमले भारतको जर्जियन युनाइटेड फुटबल क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको इनरुवा फुटबल क्लबका खेलाडीहरूलाई उपाधिसँगै ट्रफी प्रदान गरिएको छ।