इनरुवा, साउन २१ गते । सुनसरीको कोशी गाउँपालिकामा सामाजिक जिवन केन्द्र नेपालले गाउँमा लोककल्याणकारी काम गरेको छ ।
कोशी क्षेत्रका विपन्न तथा सिमान्तकृत समुदायको घरघरमा टुबेल र धारा सहित खानेपानी तथा गरिब जेहेन्दर विधार्थीहरुलाई विभिन्न किसिमका तालिम दिएर सामाजिक जीवन केन्द्रले लोककल्याणकारी काम गरेको हो ।
सामाजिक जीवन केन्द्र नेपालको १३ औं वार्षिक साधारण सभामा कोशी गाउँपालिकाका ऐयुव अंसारीले यस केन्द्रले गाउँमा हरेक क्षेत्रमा लोककल्याणकारी काम गरेको बताउनुभयो ।
सम्पन्न भएको १३ औ वार्षिक साधारणसभामा सम्बोधन गर्नुहुदै अंसारीले गाउँका विधार्थीहरुलाई लोक सेवा तथा शिक्षक सेवामा प्रवेशका लागि प्रेरित गर्ने कार्यक्रमहरु, तालिमहरुसंगै खानेपानीका लागि विपन्न तथा सिमान्तकृत समुदायको घरघरमा टुबेल र धाराको व्यवस्था मिलाएको बताउनुभयो ।
संस्थाका अध्यक्ष हजरत हुसेनको अध्यक्षता तथा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीको प्रमुख आतिथ्यमा साधारसभा सम्पन्न भएको थियो ।
कार्यक्रममा कोशीका उपाध्यक्ष अनितादेवी यादव, प्रमुख प्रशासकिय अधिकृत चोलाराज दंगाल सहितको उपस्थिती रहेको थियो ।
यसैबीच सम्पन्न भएको १३ औ वार्षिक साधारणसभामा संस्थाले कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी, उपाध्यक्ष अनितादेवी यादव, प्रमुख प्रशासकिय अधिकृत चोलाराज दंगाल, लेखा अधिकृत सुरप्रसाद दंगाल, सामाजिक विकास शाखा प्रमुख राजकिसोर मेहता, पत्रकार मिकाईल आलम , जयकृष्ण यादव, प्रशिक्षक श्यामप्रसाद साह, प्रमोद ठाकुर, कोशी ३ का वडा अध्यक्ष सुलेमान मंसुरी सहितलाई सम्मान गरेको छ ।
फरक प्रसंगमा कोशी गाउँपालिकाको सहयोगमा सामाजिक जिवन केन्द्र नेपालले आयोजना गरेको दुई महिने शिक्षक अध्यापन अनुमती पत्र परीक्षा तयारी कक्षाका प्रशिक्षार्थीहरुले समेत साधारणसभाको मौकामा सहयोगीहरुलाई सम्मान गरेको छ ।
संस्थाले आयोजना गरेका तालिमका सहभागीहरुले स्वतस्र्फूत रुपमा तालिमका लागि सहयोग गर्ने निकाय कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी, उपाध्यक्ष अनितादेवी यादव, प्रमुख प्रशासकिय अधिकृत चोलाराज दंगाल, लेखा अधिकृत सुरप्रसाद दंगाल, सामाजिक विकास शाखा प्रमुख राजकिसोर मेहता, अध्यक्षका स्वकिय सचिव धर्मेन्द्र विश्वास, प्रशिक्षकद्धोय श्यामप्रसाद साह, प्रमोद ठाकुर, कोशी गाउँपालिका ३ नम्बर वडा अध्यक्ष सुलेमान मंसुरी र वडा सदस्यहरु सहितलाई सम्मान गरेको छ ।




