निर्देशक ओम राउतको फिल्म ‘आदिपुरुष’ रिलिज भएसँगै विवादमा आइरहेको छ । फिल्मका संवादलाई मानिसले फिटिक्कै रुचाएका छैनन् । संवादका लागि अत्यधिक आलोचना भए र मिडियामा मानिसले फिल्मका संवाद लेखक मनोज मुंतशिरलाई व्यापक ट्रोल गरे । ट्रोलिङपछि अब मनोज मुंतशिरले हात जोडेर माफी मागेका छन् । 
मनोज मुंतशिरले ट्विट गरेर प्रशंसक, साधु सन्त र श्रीरामका भक्तको भावनालाई ठेस पुर्याएकोमा माफी मागेका छन् । उनले आफ्नो ट्विटमा लेखे, ‘म स्वीकार गर्छु कि फिल्म आदिपुरुषले जन भावना आहत भएको छ । सबै भाइ बहिनी, मान्यजन, पूज्य साधु सन्त र श्री रामका भक्तसँग म हात जोडेर बिना सर्त माफी माग्छु । भगवान् बजरङ्ग बलीले हामी सबैको कृपा गरुन् । हामीलाई एक र अटुट रहेर आफ्नो पवित्र सनातन र महान् देशको सेवा गर्न शक्ति मिलोस् । ’
आदिपुरुषले भावना आहत भयो, हात जोडेर माफी माग्छु : फिल्मका संवाद लेखक





