Saturday, March 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

जङ्गली च्याउ खाँदा रोल्पाका एकै परिवारका तीन जनाको मृत्यु

जङ्गली च्याउ खाँदा रोल्पाका एकै परिवारका तीन जनाको मृत्यु

by नेपाल टाइमलाइन न्यूज
July 17, 2023
in Uncategorized
A A
0
जङ्गली च्याउ खाँदा रोल्पाका एकै परिवारका तीन जनाको मृत्यु
12
SHARES
Share on FacebookShare on Twitter

रोल्पा । रोल्पामा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गत मङ्गलबार जङ्गलमा पाइने विषालु च्याउ खाएर बिरामी भएका रोल्पाको लुङ्ग्री गाउँपालिका–५ बुझिङ गाउँका एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मङ्गलबार लुङ्ग्रीको बुझिङ कालोपहरका दुर्गे गुरुङका श्रीमती ३३ वर्षीया भीमा गुरुङ, छोराहरू ११ वर्षीय सुशील र ६ वर्षीय प्रेमले जङ्गली च्याउ घरमा लिएर तरकारी खाएका थिए । च्याउ खाएर बिरामी भएपछि अर्को दिन उनीहरूलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरेर थप उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याएइको थियो ।

सबै जनाको उपचार भइरहेकामा बिहीबार सानो छोरा प्रेमको, शनिबार ठूलो छोरा सुशीलको र आइतबार आमा भीमा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) श्याम सारुमगरले च्याउ खाएर गम्भीर बिरामी भएका उनीहरूलाई उपचारका लागि बुटवल लगिए पनि बचाउन नसकिएको जानकारी दिनुभयो ।

यसैगरी, च्याउ खाएरै बिरामी भएका लुङ्ग्रीकै अन्य ११ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैबीच च्याउ खाएर बिरामी भएको घटनापछि रोल्पा प्रहरीले जनचेतनामूलक सामग्री निर्माण गरेर स्थानीय सञ्चारमाध्यममा प्रचारप्रसारका लागि बाँडेको छ । डीएसपी सारुमगरले जनचेतना बढाउन प्रहरीले जिल्लाभर अभियान थालेको बताउनुभयो ।

श्रोत :- गोरखा पत्र

Previous Post

देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड

Next Post

सप्तकोसी किनारमा युवतीको ‘ग्याङ फाइट’, एक पक्राउ

Next Post
सप्तकोसी किनारमा युवतीको ‘ग्याङ फाइट’, एक पक्राउ

सप्तकोसी किनारमा युवतीको ‘ग्याङ फाइट’, एक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana