Friday, March 13, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

विद्यालयले दिवा खाजा पकाएरै खुवाउनुपर्ने

सामुदायिक विद्यालयले दिवा खाजा पकाएरै खुवाउनुपर्ने

by नेपाल टाइमलाइन न्यूज
September 14, 2023
in Uncategorized
A A
0
विद्यालयले दिवा खाजा पकाएरै खुवाउनुपर्ने
10
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । इटहरी उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई दिवा खाजा विद्यालयमै पकाएर खुवाउनुपर्ने अनिवार्य नियम उपमहानगरले लगाएको छ ।

 

सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूलाई विद्यालयमा टिकाउन र गुणस्तर वृद्धि गर्न सङ्घीय सरकारले बालदेखि पाँच कक्षासम्मका लागि दिवा खाजाको रकम १५ रुपियाँको दरले दिँदै आएको थियो । इटहरी उपमहानगरले बालदेखि ६ कक्षासम्मका लागि विद्यालयमै पौष्टिक दिवा खाजा खुवाउने व्यवस्था मिलाइएको छ ।

 

उपमहानगरले पहिलो पटक दिवा खाजाको टेण्डर जारी गरेर विद्यार्थीहरूलाई पौष्टिक खाजा खुवाउन लागेको हो । जङ्क फुड नखुवाउन उपमहानगरले पहिलो पटक दिवा खाजा पकाएरै खुवाउन टेण्डर लगाएको उपमहानगरले जनाएको छ ।

 

उपमहानगर प्रमुख हेमकर्ण पौडेलले सङ्घीय सरकारबाट प्राप्त एक करोड ९८ लाख ८४ हजार रुपियाँ सङ्घीय सरकारबाट प्राप्त अनुदान र बाँकी उपमहानगरपालिकाले दिवा खाजामा लगानी गर्ने बताउनुभयो । उहाँले भन्नुभयो बालबालिकालाई पौष्टिक आहार खुवाउन नगर लागिपरेको छ । नागरिकले नगरले सामुदायिक विद्यालयको शिक्षाको विकास गर्न र बालबालिकाहरूको सर्वाङ्गीण विकास गर्न पौष्टिक खाजाले सहयोग पुग्ने छ ।”

 

इटहरी उपमहानगरपालिकाले दिवा खाजा कार्यक्रमका लागि चालु आर्थिक वर्षमा नौ करोड ३२ लाख छ हजार २० रुपियाँ ८८ पैसा खर्च हुने उपमहानगरपालिकाले जनाएको छ ।

 

नगरले ल्याएको दिवा खाजा कार्यक्रमबाट उपमहानगर क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत आठ हजार २८ जना लाभान्वित हुने इटहरी उपमहानगरपालिकाका शिक्षा अधिकृत सन्तोष कार्कीले बताउनुभयो ।

 

नगरप्रमुख पौडेलले भन्नुभयो, “सबै सामुदायिक विद्यालयहरूलाई पकाएरै खुवाउन अनिवार्य नियम लगाएका छौँ । दिवा खाजाका लागि उपमहानगरले मेन्युसहित बोलपत्र आह्वान गरिसेकेको छ । हरेक दिन फरक–फरक खाजा हुने गरी बोलपत्र आह्वान गरेको हो ।”

 

यस्तो छ पकाएरै खुवाउने खाजाको मेन्यु

 

इटहरी उपमहानगरले बारअनुसारको मेन्यु बनाएर उपमहानगर भित्रका सामुदायिक विद्यालयहरूले विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने व्यवस्था गरेको छ ।

 

पालिकाद्वारा सार्वजनिक गरिएको सूचनामा आइतबार प्रति विद्यार्थी दुई सय १० ग्रामको तीन किसिमका फलफूल खुवाउनुपर्नेछ । सोमबार विद्यार्थीहरूलाई भुटेको अण्डा र चिउरा, मङ्गलबार मिक्स गेडागुडीसँगै चिउरा खुवाउनपर्नेछ भने बुधबार चामलको खीर र तरकारी खुवाउनुपर्नेछ । त्यस्तै बिहीबार दही, चिउरा र तरकारी खुवाउनुपर्नेछ । शुक्रबार खसी वा कुखुराको मासु र चिउरा खुवाउनुपर्नेछ व्यवस्था रहेको छ । साहाकारीका लागि भने मटर–पनिर र चिउरा खुवाउनुपर्ने पालिकाद्वारा सार्वजनिक गरिएको सूचनामै उल्लेख गरिएको छ ।

 

यसअघि सङ्घीय सरकारले स्थानीय तहमार्फत विद्यार्थीहरूको दिवा खाजा बापतको रकम विद्यालयलाई प्रदान गर्दै आएको थियो । विद्यालयमा रकम समयमै नआउँदा खाजा खुवाउन विद्यालय प्रशासन लाई समस्या हुने गरेको थियो ।

 

पौष्टिक खाजाको व्यवस्था भएसँगै सामुदायिक विद्यालयहरूमा विद्यार्थीको सङ्ख्या बढ्ने बताइएको छ । इटहरी उपमहानगर क्षेत्रमा बालविकास, धार्मिक सामुदायिक विद्यालय गरी ५० ओटा विद्यालय रहेका छन् ।

Previous Post

नेम्वाङको निधनमा बिहीबार सार्वजनिक बिदा

Next Post

भारतको केरलामा निपा भाइरसको संक्रमण फैलियो, दुई जनाको मृत्यु

Next Post
भारतको केरलामा निपा भाइरसको संक्रमण फैलियो, दुई जनाको मृत्यु

भारतको केरलामा निपा भाइरसको संक्रमण फैलियो, दुई जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana