Saturday, March 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इनरुवामा उराँव संग्राहालयको उद्घाटन

इनरुवामा उराँव संग्राहालयको उद्घाटन

by नेपाल टाइमलाइन न्यूज
September 28, 2023
in Uncategorized, स्थानीय समाचार
A A
0
इनरुवामा उराँव संग्राहालयको उद्घाटन
10
SHARES
Share on FacebookShare on Twitter

इनरूवा । सुनसरी सदरमुकाम इनरुवामा एतिहासिक उराँव संग्राहालयको उद्घाटन भएको छ । उराँव सुमदायको जन्मदेखी मृत्युसम्मको संस्कार, संस्कृति, पेसा र पर्व तथा कलाकौशल सहितको सामग्रीहरु एकै ठाउँमा अवलोकन गर्न पाउने गरि एतिहासिक उराँव संग्राहालयको उद्घाटन भएको हो । नेपाल उराँव आदिवासि जनजाति प्रतिष्ठान सुनसरीको पहलमा निर्माण भएको तीन तल्ले भवनमा एतिहासिक उराँव संग्राहालयको इनरुवा नगरपालिका प्रमुख केदार भण्डारीले उद्घाटन गर्नुभएको छ । विहीबार प्रतिष्ठानका अध्यक्ष बेचन उराँवको अध्यक्षता र नगर प्रमुख भण्डारीको प्रमुख आथित्यतामा उराँव संग्राहालयको उद्घाटन भएको हो ।

संग्राहालयमा उराँव समुदायले खानेकुराको परिकारहरु, उनीहरुले प्रयोग गरेका बाजागाजाहरु, हातहतियारहरु, भान्सामा प्रयोग हुेन सामग्रीहरु, मेलापातमा लगाउने पहिरण, खेतबारीमा प्रयोग गर्ने कृषि औजार, जीविकोपार्जन गर्ने र पुर्खौली पेशाका झल्को दिने सामग्रीहरु समेत राखिएको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो । यसैबीच उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख भण्डारीले ऐतिहासिक जाती समुलाय सहित सम्पदालाई संरक्षण, संवर्धन तथा जगेर्ना गर्ने उद्देश्यका साथ उराँव संग्राहालय उद्घाटन गर्न पाउदाँ खुसी लागेको बताउनुभयो । संघीय सरकार र प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पहल र सहयोगमा एक करोड २० लाख ७५ हजारको लागतमा भवन तथा संग्रहालय निर्माण भएको जनाएको छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख भण्डारीले इनरुवा चिनाउनका लागि संग्राहालय निर्माण गरेको भूमिकाको प्रशंसा गर्दै सङ्ग्रहालयको थप विकास र विस्तारका लागि सहयोग गर्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा इनरुवा नगरपालिका ५ का वडा अध्यक्ष अनिल पोखरेल, इनरुवा २ का पूर्व वडा अध्यक्ष सुरेन्द्र यादव, प्रतिष्ठानका शारना उराँव, वडा सदस्यहरु, पूर्व माटो विज्ञ नुनुलाल उराँव सहितको उपस्थिती रहेको थियो ।

Previous Post

नेपाली क्रिकेट टिम देखी बिश्व चकित एकै खेलमा ७ रेकर्ड

Next Post

घुस लिएको आरोपमा मालपोतका सुब्बा र खरिदार पक्राउ

Next Post
घुस लिएको आरोपमा मालपोतका सुब्बा र खरिदार पक्राउ

घुस लिएको आरोपमा मालपोतका सुब्बा र खरिदार पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana