Saturday, March 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशी गाउँपालिकाका सबै वडाको सडक कालोपत्रे

सडक कालोपत्रे भएसँगै कोशी गाउँपालिका धुलोमुक्त पालिका बनेको छ 

by नेपाल टाइमलाइन न्यूज
October 29, 2023
in Uncategorized, स्थानीय समाचार
A A
0
कोशी गाउँपालिकाका सबै वडाको सडक कालोपत्रे
9
SHARES
Share on FacebookShare on Twitter

इनरूवा । पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएको कोशी गाउँपालिकाका सबै वडा कालोपत्रे सडक सञ्जालसँग जोडिएको छ । सडक कालोपत्रे भएसँगै कोशी गाउँपालिका धुलोमुक्त पालिका बनेको छ ।

वडाका सबै मूल बाटाहरू कालोपत्रे गर्ने काम सकिएको छ । पालिकाका सबै वडाका सडक कालोपत्रे भएपछि कोशी गाउँपालिका धुलोमुक्त पालिका बनेको हो ।

 

महेन्द्र राजमार्गसँग लौकहीदेखि कोशी ब्यारेज क्षेत्रमा जोडिएको गाउँपालिकाको आठवटै वडाका सडक कालोपत्रे गरिएको छ । स्थानीय तहको पुनर्संरचना हुनुअघिसम्म वर्षको चार महिना स्थानीय बासिन्दा हिलो र पानीमा डुबेर बाटामा हिँड्नुपर्ने बाध्यता थियो । घरदेखि राजमार्गका दुवैतर्फका सडक डुबानमा पर्ने गरेका थिए । “महेन्द्र राजमार्गदेखि घरसम्म पुग्न जुत्ताचप्पल हातमा बोकेर पानीको बाटो हिँड्नु पथ्र्याे । अहिले कालो सडकमा जुत्ता चप्पल लगाएर हिँडिन्छ,” स्थानीय ६५ वर्षीय शम्भु शाहले भन्नुभयो ।

 

पालिकाको विकासले गति लिएपछि स्थानीयवासीसमेत खुसी छन् । गाउँपालिकाको आन्तरिक स्रोतबाहेक सङ्घीय सरकार, प्रदेश सरकार, तत्कालीन संसद् विकास कोषको सहयोगमा सडक बनेको हो । कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय जाने सडक थप चौडा बनाउन सम्बन्धित निकायसँग छलफल भइरहेको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताउनुभयो ।

 

विसं २०७४ सालमा भएको स्थानीय निर्वाचनपछि बनेको कोशी गाउँपालिका सरकारले सडक पूर्वाधारको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको पालिकाका उहाँले बताउनुभयो । “गाउँपालिकावासीले वर्षामा डुबान भएको, हिलो, पानीको बाटो हिँड्नुपथ्र्याे । हिउँदमा धुलो सडकमा हिँड्नु पथ्र्याे । अहिले पालिकाका सबै मूल सडक र पछिल्लो समय भित्री सडकहरू पनि कालोपत्रे गरेका छौँ । पहिलो कार्यकालमा बन्न नसेकेका भित्री सडकहरूलाई प्राथमिकतामा राखेर काम गर्दै छाैँ,” अन्सारीले भन्नुभयो ।

 

कोशी गाउँपालिका–१, खुनियाधारदेखि लौकही बजार रिङरोड र बोर्डरदेखि हाइवेसँग जोडिएका सडक कालोपत्रे भएको छ । पालिकाका सबै मूल सडक र सहायक सडकहरू कालोपत्रे गरेर नागरिकलाई सहज बनाउन गाउँपालिका लागेको उहाँले बताउनुभयो ।

 

पालिकाले वडा नम्बर २ को लौकही प्रहरी थाना र कृषि केन्द्रको बाटो हुँदै वराहक्षेत्र नगरको सिमाना मधुवनसम्म दुई वटै छ किलोमिटर सडक कालोपत्रे भएको वडाध्यक्ष ध्यानी उरावले बताउनुभयो । कोशी गाउँपालिकाले पूर्वपश्चिम राजमार्गदेखि कोशी कटानसम्म र मधुवन सीमासम्मका भित्री सडकहरू पनि कालोपत्रे भएको पालिकाले जनाएको छ । जमुवा चोकदेखि कोशी गेटसम्मको सडक पनि कालोपत्रे गरिएको छ ।

 

त्यस्तै वडा नम्बर ४ को जुदगन्ज चोकदेखि वडा कार्यालयसम्मको सडक कालोपत्रे गर्ने काम भइरहेको छ । वडाका अन्य सडकहरू कालोपत्रे गर्न कागजी प्रक्रिया अगाडि बढेको पालिकाले जनाएको छ । वडा नम्बर ५ का सडकहरू पनि कालोपत्रे सडक सञ्जालले जोड्ने काम भइरहेको छ । वडाध्यक्ष सहजनाल भोलाका अनुसार जमुवा चोकदेखि कुमियाईको हुड्की टोलसम्मको सडक, कुसियत टोलको सडक ठेक्का लागेर काम अगाडि बढेको छ । उहाँका अनुसार वडा नम्बर ६ को शिवचोक कटानदेखि वीरपुर जोड्ने सडक चार किलोमिटर कालोपत्रे भइसकेको छ । बाँकी वडाका अन्य सडक बन्ने प्रक्रियामा अगाडि बढेको हो ।

 

वडा नम्बर ७ को हरिपुर चोकदेखि आजत खेरबारसम्मको सडक कालोपत्रे भइसकेको छ । राजमार्गदेखि वडा नम्बर ६ सीमासम्मको सडक पनि कालोपत्रे ठेक्का लागेर काम अगाडि बढेको छ । वडा नम्बर ८ का भित्री सडकहरू ठेक्का लागेर डेन बन्ने काम सकिएको छ । कालोपत्रेका लागि काम अगाडि बढेको पालिकाले जनाएको छ । कोशी गाउँपालिकाको १, ३, ४, ७ र ८ नम्बर वडा पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएका सडक छन् । गाउँपालिकाले वहुवर्षीय ठेक्काको नीति लिई पालिकाभित्र भौतिक निर्माण कार्य गर्दै आएको पालिकाले जनाएको छ ।

Previous Post

पत्रकार मेहतालाई प्रधानाध्यापक र नेता भन्नेद्धारा धम्की

Next Post

भोक्राहा नरसिंह गाउँपालिकाले चालु आर्थिक वर्षमा एक सय जना बेरोजगार युवालाई रोजगार दिने

Next Post
भोक्राहा नरसिंह गाउँपालिकाले चालु आर्थिक वर्षमा एक सय जना बेरोजगार युवालाई रोजगार दिने

भोक्राहा नरसिंह गाउँपालिकाले चालु आर्थिक वर्षमा एक सय जना बेरोजगार युवालाई रोजगार दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana