Saturday, February 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

गणतन्त्र दिवसमा वृक्षारोपण

गणतन्त्र दिवसमा वृक्षारोपण

by नेपाल टाइमलाइन न्यूज
May 28, 2024
in Uncategorized, समाचार
A A
0
गणतन्त्र दिवसमा वृक्षारोपण
11
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको विभिन्न स्थानीय तहमा १६ औँ गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । दिवसको अवसरमा जिल्ला सदरमुकाम इनरुवामा वृक्षारोपण कार्यक्रम गरिएको हो ।

 

इनरुवा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र सरकारी कार्यालयहरूको समन्वयमा इनरुवा १ को महानन्द पञ्चवटी पार्कमा वृक्षारोपण गरिएको छ । इनरुवा १ मा गणतन्त्र दिवस २०८१ को अवसरमा पार्कमा वृक्षारोपण गरिएको हो ।

 

दिवसको अवसरमा इनरुवा नगर प्रमुख केदार भण्डारीले गणतन्त्रले संस्थागत गरेको सङ्घीयता अभ्यास भएको छोटो समयमा तीनै तहको सरकार संवृद्ध हुँदै गएको बताउनुभयो। उहाँले सङ्घीयतापछि सेवा प्रवाहका तथा विकास निर्माणका काम नयाँ ढङ्गले अघि बढेको बताउनुभयो ।

 

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गणतन्त्र दिवसको अवसर पारेर रोपिएको बिरुवा स्थानीय तह तथा वडा कार्यालयले महत्वका साथ अपनत्व लिई संरक्षण गर्ने विश्वास व्यक्त गर्नुभयो । इनरुवा उपप्रमुख विनीता मेहताले विभिन्न जातका बिरुवा रोपिएको जानकारी दिनुहुँदै हरियाली बढाउन र विकास तथा समृद्धिका लागि वृक्षारोपण गरेको बताउनुभयो ।

 

वृक्षारोपण कार्यक्रममा इनरुवाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौला, प्रहरी उपरीक्षक विपिन रेग्मी, कर्मचारीहरू तथा स्थानीय सरोकारवाला लगायतको सहभागिता रहेको थियो । उता हरिनगर र देवानगञ्जमा समेत प्रभातफेरी गरेर गणतन्त्र दिवस मनाएको छ । यसैबिच १६औँ गणतन्त्र दिवसको अवसरमा इनरुवा जेसीजले ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । इनरुवा ४, बस चौकमा सरोकारवालाहरूको उपस्थितिमा ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न भएको जेसीज सत्य यादवले जानकारी दिनुभयो ।

Previous Post

इनरुवामा गाई—गारु काट्ने रङेहात पक्राउ

Next Post

पत्रकार यादव सम्मानित 

Next Post
पत्रकार यादव सम्मानित 

पत्रकार यादव सम्मानित 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana