Monday, December 1, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नेपाली पत्रकारिता संकटमा : सत्य खोज्ने होइन, पहुँच बेच्ने माध्यम

नेपाली पत्रकारिता संकटमा : सत्य खोज्ने होइन, पहुँच बेच्ने माध्यम

by नेपाल टाइमलाइन न्यूज
August 2, 2025
in Uncategorized
A A
0
नेपाली पत्रकारिता संकटमा : सत्य खोज्ने होइन, पहुँच बेच्ने माध्यम
13
SHARES
Share on FacebookShare on Twitter

रविन्द्र कुमार यादव,इनरुवा १७ गते। नेपालको पत्रकारिता पेशा गम्भीर संकट र विचलनको चपेटामा परेको यथार्थ दिनहुँ उजागर हुँदै गएको छ। पत्रकारिता अब सत्यको खोजी होइन, पहुँचको सजिलो बाटो र अवसर खोज्नेहरूको उपकरणमा सीमित हुँदै गएको छ।

देशभरि पत्रकारिताका नाममा अनगिन्ती मिडिया संस्था, अनलाइन पोर्टल र युट्युब च्यानलहरू mushrooming style मा खुलिरहेका छन्। यस्ता संस्थाहरू प्रायः गैरपत्रकार पृष्ठभूमिका व्यक्तिहरूद्वारा सञ्चालित छन्। ती संस्थाहरू पत्रकारिताको नाममा राजनीतिक दलाली, आर्थिक लाभ, सामाजिक पहुँच र व्यक्तिगत हितका लागि प्रयोग भइरहेका छन्।

अर्कोतर्फ, पत्रकारितामा जीवन समर्पण गरेका, जोखिम मोलेर जनताका मुद्दा उठाउने, सत्य बोल्न डर नमान्ने वास्तविक पत्रकारहरू अलपत्र अवस्थामा पुगेका छन्। न त तिनीहरूको श्रमको उचित मूल्य दिइन्छ, न त जीवन यापनको ग्यारेन्टी छ।

यस सन्दर्भमा गोरखापत्र दैनिकका पत्रकार जयकृष्ण यादवले भन्नुहुन्छ , “पत्रकारिता मेरो सान, सम्मान र पहिचान बनेको छ। दुई दशक पत्रकारिता गर्दा निष्पक्ष, तटष्थ र सन्तुलित समाचार गर्दा कुनै अप्ठ्यारा देखेको छैन। तर तलब सन्तोष जनक नभएको भए पनि निरासा छैन, फेरि मापदण्डको ख्याल नगर्नेहरूले गर्दा सुचना बढी आउनु पर्नेमा त्यो लुकाउने क्रम बढ्नु चिन्ताको विषय हो।

सुनसरी लगायत जिल्लाहरूमा अहिले प्रेस कार्ड बोकेर हिँड्नेहरूको संख्या दिनहुँ बढ्दो छ, तर त्यसमध्ये धेरै पत्रकारिता भन्ने शब्दको आधारभूत परिभाषासम्म जान्दैनन्। प्रेस काउन्सिल नेपाल, सूचना विभाग, नेपाल पत्रकार महासंघ लगायतका नियमनकारी निकायहरूको उपस्थिति कमजोर हुँदा यो अवस्था झन भयावह बन्दै गएको पत्रकार यादवको भनाइ छ।

गैरपत्रकारका संस्था पत्रकारका जस्ता, पत्रकारका ‘अलपत्रकार’का जस्ता!यस अभिव्यक्तिले नेपाली पत्रकारिताको आजको वास्तविक अनुहार झल्काउँछ।

अहिले पत्रकार बन्न सजिलो छ, तर पत्रकारिता टिकाउने कठिनछ। राज्यले न त पत्रकारको हक अधिकार सुनिश्चित गर्न सकेको छ, न त मिडिया हाउसहरू नै श्रमको उचित मूल्य दिन सकेका छन्।

यसर्थ, पत्रकारिता क्षेत्रको गम्भीर संरक्षण, नीतिगत पुनसंरचना, व्यावसायिकता र सामाजिक सुरक्षा प्रणाली निर्माण अब ढिला नगरी गर्नुपर्ने प्राथमिक कार्य भएको छ। नत्रभने पत्रकार मात्र होइन, लोकतन्त नै धरापमा पर्न सक्छ।

जब बाल पत्रकारिताको सपना देखें – ‘पत्रकारिता बदल्ने’ यो कथा अरूको होइन, यो मेरो हो । सानैमा गाउँमा बाढी आउँदा कसैले आवाज उठाएन। एक छिन त्यसबेला मलाई लाग्यो ‘यदि म पत्रकार भएको भए, यो आवाज पुर्याउँथें।’

त्यहीबेला, करिब १६ वर्षको उमेरमा मैले कलम समाएँ। कुनै तामझाम थिएन, प्रेस कार्ड थिएन, तर मनभित्र एक हुंकार थियो – ‘सत्य लेख्ने छु। त्यसपछि मैले रोकिने मौका पाएन। असहज समय, अभाव, अपहेलना ती सबै आयो। तर सपना सधैँ अगाडि थियो।

एउटा सपना। सपना थियो सत्य बोल्ने, सच्चा पत्रकारिता गर्ने। पत्रकार भएर बाँच्न सजिलो छैन, तर सच्चो पत्रकारिता छोड्न पनि सजिलो छैन आज धेरै प्रेस कार्ड बोकेका छन्, तर पत्रकारिताको पीडा, मूल्य र आत्मा थोरैले बुझेका छन्। तर म अझै रिपोर्टरको भूमिकामा आफूलाई अनुभूति गर्छु। हरेक दिन म देख्छु – पत्रकारिताको नाममा लाजमर्दो व्यवहार। पहुँचधारीहरू पत्रकारको नाम लिइरहेका छन्। त्यो देख्दा कहिलेकाहीँ लाग्छ । के यही हो त्यो पत्रकारिता, जसको सपना मैले सानैमा देखेको थिएँ? पत्रकारहरूलाई नियमन गर्न कानूनहरू छन्, तर पत्रकारिता बिगार्नेहरूलाई किन छूट छ?

सत्य लेख्नेहरूलाई अप्ठ्यारो, झुट बोल्नेहरूलाई पहुँच किन? पत्रकारिता अब बजार बनिरहेको छ -जहाँ जो सके, उसै पत्रकार। बाँकी, अलपत्रकार तर म हार मान्दिनँ।

किनकि पत्रकारिता मेरो नशा हो, मेरो आत्मा हो।

 

Previous Post

नखाएको विष लाग्यो, अब म गलत समाचारको सिकार हुनुपर्ने हो ? : मन्त्री मण्डलको संसदमा प्रतिवाद

Next Post

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

Next Post
जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana