काठमाडौं
काठमाडौंको बालुवाटारमा फुटपाथमा मकै बेच्ने एक महिलामाथि नगर प्रहरीले दुर्व्यवहार गरेको छ । आज शुक्रवार दिउँसो मकै बेच्ने महिलामाथि बालुवाटारमा काठमाडौँ नगर प्रहरीले लछारपछार गर्दै ज्यादती गरेको हो । सामाजिक सञ्जालमा अहिले त्यो भिडियो भाइरल भएको छ ।
एक जना वृद्ध पुरुष र ती महिलाले ठेला नलैजान अनुरोध गर्दा गर्दै पनि नगर प्रहरीले लछारपछार गर्दै ठेला गाडीमा हालेको भिडियोमा देख्न सकिन्छ । अहिले नगर प्रहरीको त्यो ज्यादतीलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।
यसअघि काठमाण्डौ महानगरपालिकाले बेलुका ६ बजेपछि मात्रै फुटपाथमा व्यापार गर्न पाउने बताएको थियो । यद्यपि साना व्यापारीले भने महानगरले दुःख दिँदै आएको गुनासो गरेका छन्