Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

घरेलु हिसाँ पीडितलाई अधिकारकर्मी र प्रहरीको सहयोगमा पुनस्थापना

घरेलु हिसाँ पीडितलाई अधिकारकर्मी र प्रहरीको सहयोगमा पुनस्थापना

by नेपाल टाइमलाइन न्यूज
July 2, 2022
in समाचार, स्थानीय समाचार
A A
0
घरेलु हिसाँ पीडितलाई अधिकारकर्मी र प्रहरीको सहयोगमा पुनस्थापना
11
SHARES
Share on FacebookShare on Twitter

सुनसरी
२०७९ असार १८ गते । सुनसरी सदरमुकाम इनरुवा नगपालिका ७ की एक महिलालाई घर निकाला गरिएकोमा महिना दिनपछि घरमा पुनस्थापीत गराइएको छ । सुनसरी जिल्ला अदालतमा पशुपती सिंह सेमतलाई विपक्षी बनाई असार १० गते घरेलु हिसाँ मुद्धा दिनुभएकी इनरुवा नगपालिका ७ की २५ वर्षिया रविता कुमारी चौधरीलाई असार १२ गते घरमै बस्न र मासिक १५ हजार रुपियाँ खर्च व्यहोर्न अन्तरमि आदेश दिएकाले घरमा पुनस्थापीत गराइएको हो ।
अदालतको आदेशलाई कार्यान्वयन गर्न गैरसरकारी संस्था महासंघ, इन्सेक सुनसरी र ओरेक सहितका संस्थाहरुले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई आग्रह गरेकोमा प्रहरीले पीडितको घरमा पुनस्थापित गराएको हो ।
पीडित रविता कुमारी चौधरीले दुई वर्षे बालकलाई काखी च्याप्दै न्यायको ढोका ढकढकाउन पुग्नुभएकोले असार १२ गते सुनसरी जिल्ला आदालतका न्यायधिश हेमबहादुर सेनको आदेशमा पीडितलाई पीडकबाट भरणपोष बापत खर्च मासिक १५ हजार रुपियाँ दिनी, घरमा रहन बस्न दिनु, इजत आमद अनुसारको खानलाउन दिनु, शिष्ट र सभ्य व्यवहार गर्नु, कुटपीट नगर्नु नगराउनु, नबालक छोराको शिक्षा लगायत पालन पोषणको लागि आवश्यक व्यवस्था मिलाउनु, शारिरिक र मानसिक यातना नदिनु र पीडितलाई अन्य घरेलु हिसाँ जन्य कार्य नगर्नु नगराउनु भनी घरेलु हिसाँ(कसुर र सजाय) ऐन २०६६ को दफा ६ बमोजिम पीडकको नाममा अन्तरिम संरक्षणात्मक आदेश जारी भएको थियो ।
त्यस आदेशलाई पनि पालना गर्न पीडितका सासु पशुपती सिंह, श्रीमान सुमन कुमार सिंह र नन्द सेमतले अस्विकार गरेकाले सो विषयलाई लिएर पीडित प्रहरी र अधिकारकर्मी कहाँ पुग्नुभयो ।
त्यसमा असार १६ गते अधिकारकर्मीकोमा आएर गुनासो सुनाएपछि ओरेकले गैसस सुनसरीका अध्यक्ष मेघराज न्यौपाने, ओरेककी शान्ती दनुवार, इन्सेकका जयकृष्ण यादव र अधिकारकर्मी सरिता घिमिरे सहितले १७ गते जिल्ला प्रहरी कार्यालयमा पहल गरे । त्यहाँ पहल गर्दा सनिबार असार १८ गते घरमै बस्ने वतावरण मिलाउनका लागि प्रहरीको साथमा अधिकारकर्मीहरु समेत जाने कुरा भएको थियो । असार १७ गते पीडितलाई घरमै बस्न र मासिक खर्च व्यहोर्न अदालतको अन्तरमि आदेश रहेकाले घरमा पुनस्थापीत गराइदिन डिएसपी (प्रहरी नायन उपरीक्षक) नरेन्द्र कुमार कार्कीलाई आग्रह गरेकोमा असार १८ (सनिबार) इनिस्पेक्टर दलकुमार राईको कमाण्ड खटाएर परिवारलाई सम्झाई बुझाई गरि पुनरस्थापित गराएको हो ।
पीडितलाई घरमै बस्नका लागि वतावरण मिलाउन वडा अध्यक्ष हिम्मत सिंह, पूर्व वडा अध्यक्ष किसोर सिंह र वडा सदस्य जय कुमार सिंह सहितले पनि गाउँमा पहल गर्नुभएको थियो ।
सुनसरीमा घरेलु हिसाँ, बहुविवाह, बालविवाह, जबरजस्ती करणी, अंश विवाद, पारिवारीक हिंसा, यौनजन्य हिंसा, गालीगलौज सहितका घटना एकपछि अर्को गरि बढेको इन्सेक सुनसरीको तथ्यांक रहेको छ ।

 

Previous Post

फुटपाथमा मकै बेच्ने महिलामाथि नगर प्रहरीले दुर्व्यवहार

Next Post

सरस्वती मावि बबियामा यादवको आवश्यकता

Next Post
सरस्वती मावि बबियामा यादवको आवश्यकता

सरस्वती मावि बबियामा यादवको आवश्यकता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana