सुनसरीको इनरुवा नगरपालिका ९ बबिया निवासी रमेन्द्र कोईरालाको जन्मदिनमा सम्मान गरिएको छ । सृजनामा इनरुवाको आयोजनामा साहित्यकार तथा पूर्व प्रधानाध्यापक कोईरालाको निवासमा ५९ औ जन्मोत्सवको अवसरमा सम्मान गरिएको हो ।
जन्म दिनको अवसरमा सम्मान कार्यक्रम सहित शुभकामना आदानप्रदान गर्न साहित्यकार बिमला पोखरेल,डम्बरुबल्भ भण्डारी, सृजनामा इनरुवाका अध्यक्ष लिलानाथ सिलवाल, कान्ता पोखरेल, साहित्यकार तथा पत्रकार जयकृष्ण यादव,यशोदा आचार्य, कान्ता पोख्रेल भट्टराई ,नयन वस्ती, रामकृष्ण यादव ,विधार्थीहरु रामकृष्ण मेहता, अमित यादव, अभिषेक यादव सहितको कोईरालाको निवास पुग्नुभएको थियो । कार्यक्रममा साहित्य शब्दबाटै शुभकामना दिएका थिए ।