सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको प्रवक्तामा हारुन अन्सारी नियुक्त हुनुभएको छ । आज मंगलवार बसेको गाउँपालिका कार्यपालिकाको बैठकले भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष समेत रहनुभएका अन्सारीलाई प्रवक्तामा नियुक्त गरिएको हो ।
वडा अध्यक्ष मध्येबाट अन्सारीलाई प्रवक्तामा नियुक्त गरिएको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अखतर आजादले जानकारी दिनुभयो । उनले भोक्राहा नरसिंह गाउँपालिकाको गाउँकार्यपालिकाले गरेका निर्णय, कार्य सम्पादन तथा पालिकाबाट भएका गतिविधिका बारेमा जानकारी गराउनको लागि प्रवक्तामा चयन गरिएको अध्यक्ष आजादले बताउनुभयो ।
भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मदेवार हारुन अन्सारीले लोकप्रिय मत पाएर विजयी भएका थिए ।विद्यार्थी राजनीतिबाट उदाएका अन्सारीले देशको विकास गर्नको लागि युवाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।
प्रवक्ताको जिम्मेवारी पाएका अन्सारीले भोक्राहा नरसिंहवासी, संचार जगत एवं सरोकारवाला सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन् ।
प्रवक्ताको जिम्मेवारी पाएका सुनुवार २०७४ को निर्वाचनमा वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसबाट निर्वाचित भएर पाँच वर्षको कार्यकाल बिताएर पुनः २०७९ को निर्वाचनबाट पनि निर्वाचित भएका छन् । सहयोगी भावना भएका उनी निडर र सूचना तथा प्रविधिमा दखल राख्छन् ।





