जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार २५ गते । नेपाल सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रबिधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई इनरुवा–दुहबी सडक खण्डको निर्माणको माग गर्दै इनरुवा–दुहबी सडक निर्माण दबाव समिति इनरुवाले ज्ञापन पत्र बुझाएको छ । समितिका संयोजक गोबिन्द प्रसाद पोखरेलले सागुरो रहेको सडकमा दुर्घटना बढेकाले स्तोरोन्तीका लागि बजेट सहित फराकिलो चार लाईनको सडकको माग गर्दै ज्ञापन पत्र बुझाउनुभएको हो ।
एक महिनायता निरन्तर इनरुवा–दुहबी सडक खण्डको निर्माणको माग गर्दै सडक निर्माण दवाव संघर्ष समितिका पदाधिकारीहरुले सुनसरी आउनुभएका मन्त्री कार्कीलाई पनि ज्ञापन पत्र बुझाएको हो ।
मन्त्री कार्कीले ज्ञापन पत्र बुझ्नुहुदै पहलको आश्वाशन दिनुभयो । ज्ञापन पत्र बुझाउने कार्यमा इनरुवाका ब्यापारी, विभिन्न संघसंस्थाका पदाधिकारी ,इनरुवा नगरबासीहरु र जिल्ला प्रशासन कार्यालय सुनसरी ,जिल्ला प्रहरी कार्यालय सुनसरी, इनरुवा नगरपालिकाका नगरप्रमुख सहितको उपस्थिती रहेको थियो ।
समितिले यसअघि दुहबी नगरपालिकाका नगरप्रमुख वेदनारायण गच्छदार, गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी, प्रदेश नम्बर १ का विभिन्न राजनीतिक दलका संसद दलका नेताहरु, सडक डिभिजन कार्यलाय मोरङ, प्रदेश नम्बर १ का भौतिक पूर्वाधार बिकास मन्त्री हिमाल कार्की, पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री बिजय कुमार गच्छदारलाई भेटेर ज्ञापन पत्र बुझाइसकेको छ ।





