जयकृष्ण यादव । इनरुवा
सुनसरीको भोक्राहा नरसिंहका सामुदायिक विद्यालयहरुले विद्यालय क्षेत्रका विधार्थी, अभिभावक र शिक्षक सहितका सरोकारबालाहरुसंग परामर्श कार्यक्रम गरेका छन् । शैक्षिक सुधार र गुणस्तरीय शिक्षाका लागि भन्दै विद्यालयहरुले मनोसामाजिक परामर्श सेवा कार्यक्रम गरेका हुन् ।
भोक्राहा नरसिंह गाउँपालिकाको जनता माध्यमिक विद्यालय शिवगंजले आफ्नो विद्यालयका शिक्षक, विधार्थी तथा अभिभावक बीचमा सामाजिक परामर्श भेला मार्फत विद्यालयमा गुणस्तरीय शिक्षा सहतिको पठनपाठन सञ्चालन गर्ने बारेमा छलफल र अन्तरकृया गरेको शिक्षक राजेश्वर प्रसाद यादवले बताउनुभयो । विद्यालयको शैक्षिक वतावरणलाई सुधार गर्नका लागि एउटा पक्षले मात्रै सम्भव नभएकाले विधार्थी शिक्षकसगैं अभिभावलाई पनि राखेर मनोसामाजिक परामर्श दिने कार्य गरेको यादवले बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जितेन्द्र प्रसाद साहले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा ह्रास आएको गुनासोलाई सम्बोधन गर्न आफ्नो विद्यालय क्षेत्रका सबै विधार्थी, अभिभावक र शिक्षक सहितका सरोकारबालाहरुसंग सामाजिक परामर्श कार्यक्रम गरेको बताउनुभयो ।
बाल अधिकार चेतना समूहका अध्यक्ष निर्मला मण्डलले विद्यालयमा विषयगत शिक्षकको व्यवस्था मिलाउनुपर्ने माग गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र यादवले विद्यालयमा थप कक्षाकोठा निर्माण, स्तरीय शौचालय, खानेपानी लगायतको व्यवस्थापन गरी बालमैत्री सहज वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो । यादवले आधारभुत हतका शिक्षकले माविको कक्षा धानेर सेवा दिईरहेकोमा शिक्षकहरुको प्रसंसा गर्नुहुदै थप शिक्षक र मावि शिक्षकको व्यवस्था मलिाई दिन गाउँपालिकासंग आग्रह गर्नुभएको छ ।
कार्यक्रममा शिक्षक रगंलाल भट्टराई, राजेश्वर प्रसाद यादव, देवकी यादव सहितका शिक्षकहरु, समितिका पदाधिकारीहरु, स्थानीय राजनीतिक दल र अन्य संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
२, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको जनता माध्यमिक विद्यालय शिवगंजले आयोजना गरेको आफ्नो विद्यालयका शिक्षक, विधार्थी तथा अभिभावक बीचमा सामाजिक परामर्श भेलाका सहभागीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा