जयकृष्ण यादव । इनरुवा
सुनसरीको सदरमुकाम इनरुवामा जिल्ला अस्पतालको विरामीहरुलाई बुधबार फलफुल वितरण गरेको छ । इनरुवा जिल्ला अस्पतालमा भर्ना भएर उपचार गराईरहेका र आकस्मिक कक्षमा रहेका विरामीहरुलाई मानव अधिकार एलाईन्स जिल्ला कार्य समिति सुनसरीले फलफुल वितरण गरेको हो ।
विरामीको स्वास्थ्य अवस्थालाई मध्यनजर राख्दै अस्पतालमा उपचार गराईरहेका ३८ जना विरामीहरुलाई फलफुल वितरण गरेका राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मन्च (मानव अधिकार एलाईन्स) सुनसरीका अध्यक्ष रबिन घिमिरेको अध्यक्षतामा फलफुल वितरण गरेको हो ।
इनरुवा अस्पातलमा आयोजना गरिएको फलफुल वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक संजयसिंह थापा, एलाईन्सका केन्द्रिय सदस्य लक्ष्मी चापागाई, जिल्लाका निवर्तमान अध्यक्ष खगेन्द्र पोखरेल, सचिव सरिता घिमिरे , ओरेककी शान्ती दनुवार , इन्सेक प्रतिनिधि जयकृष्ण यादव, गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष मेघराज न्यौपाने, स्वास्थ्य प्रमुख सागर प्रसाई, अस्पताल प्रमुख डा. देवराज घिमिरे सहितले विरामीहरुलाई फलफुल हस्तान्तरण गर्नुभएको थियो ।
एलाईन्सले आफ्नो २३ औं वार्षिक उत्सवको अवसर पारेर जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको र विरामीहरुलाई स्वास्थ्य तथा पौष्टीक आहारको बारेमा जानकारी समेत दिएको समितिले जनाएको छ ।
१, सुनसरीको इनरुवामा जिल्ला अस्पातलका विरामीलाई फलफुल वितरण गर्नुहुदै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव ।
तस्बिर ः जयकृष्ण यादव । इनरुवा