सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका १० जल्पापुरमा रहेको श्री आधारभुत विद्यालयमा कार्यरत्त आशा कुमारी साह सोनारलाई कार्वाहीको माग गर्दै अभिभावकहरुले विद्यालय र शिक्षा शाखा सहितको निकायमा ज्ञापन पज्ञ बुझाएको छ ।
विद्यालयमा १३ वर्षदेखी विधार्थी माथि खेलवाड गर्दै गुणस्तरहिन शिक्षा दिदै जागिर मात्रै पचाएर बसेको भन्दै अभिभावकहरुले पटक पटक विद्यालयलाई सुधारको आग्रह गरेको भएपनि सुनुवाई नभएपछि लिखित रुपमा ज्ञापन पत्र बुझाएको हो ।
जिल्लामा संचार माध्यमहरुमा समेत ति शिक्षकको कम्जोरीका बारेमा समाचार बाहिर आएपछि अभिभावकको आखाँमा छारो हालेर कमाई खाने मेलोको रुपमा शिक्षक पदलाई लिएको अभिभावकहरुले आरोप लगाएका छन् । अभिभावक पवन लाल सरदार सहितका अभिभावकहरुले सत्य संसारमा आएको समाचार र अन्तरवाता अनुसार सामान्य कुरा पनि बताउन नसकेको र अग्रेंजी शिक्षक भन्ने सोनारले सिडियो, एसपीको पुरा अर्थ र नेपालीमा उल्था समेत गर्न नसकेकाले विधार्थी माथि ठूलो घात भएको भन्दै तत्काल आवश्यक कार्वाही गर्नुपर्ने माग सहित ज्ञापन पत्र बुझाएको हो ।
अभिभावकहरुले विद्यालयका प्रधानाध्यापक जोगि झा, वडा सचिव र इनरुवा नगरपालिका शिक्षा शाखाका अधिकृतलाई ज्ञापन पज्ञ बुझाएको थियो भने शिक्षा विकास तथा समन्वय ईकाई सुनसरीलाई हुलाक मार्फत कार्वाहीको माग गर्दै निवेदन पठाएको छ । उनीहरुले कार्वाही नभएको खण्डमा कडा सर्घषमा उतत्रने चेतावनी दिएका छन् ।
https://www.facebook.com/watch/?v=736073620979660