Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरी पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

सुनसरी पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा सबैलाई इमान्दार भएर कार्यान्वयनमा लाग्न मन्त्री कार्कीको आग्रह

by नेपाल टाइमलाइन न्यूज
July 14, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
सुनसरी पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा
33
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव । इनरुवा
सुनसरी प्रदेशको १४ औं र देशको ६५ औं पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । सुनसरी नेपालको ६५ औं पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको हो । आयोजित एक कार्यक्रमका बीच सुनसरीलाई प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री केदार कार्कीले पूर्ण खोप सुनिश्चितत जिल्ला घोषणा गर्नुभएको हो ।
राष्ट्रिय खोप तालिकामा समावेश भएका सबै खोप सबै बालबालिकाले लगाएकोले पूर्ण खोप सुनिश्चित भएको मान्ने गरिन्छ । हालसम्म राष्ट्रिय खोप तालिकामा १३ वटा खोप समावेश गरिएको छ । सोही अनुसार जन्मेदेखि १५ महिना भित्रका सवै बालबालिकाले यो खोप पूर्ण रुपमा लगाएको हुनु पर्दछ । तोकिएको मापदण्ड अनुसार यसवर्ष जिल्लाका सबै बालवालिकाले खोप लगाएको सुनिश्चित भएकाले सुनसरीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय सुनसरीका कार्यालय प्रमुख सागर प्रसाईले जानकारी दिनुभयो ।
यसैबीच पूर्ण खोप सुनिश्चितत जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अथिति एवम् प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री केदार कार्कीले पूर्ण खोप सुनिश्चितत जिल्ला घोषणा भएको कार्यक्रमलाई कार्यान्वयन गर्न आग्रह गर्नुभयो । बीहिबार सुनसरीको इटहरीमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री केदार कार्कीले विकासका लागि भौतिक विकास मात्रै नभई मानविय विकास पनि जरुरी रहेको बताउनुभयो ।
मन्त्री कार्कीले सबै सरोकारबालालाई घोषणा कार्यक्रमलाई इमान्दार भएर कार्यान्वयनमा लाग्न आग्रह गर्नुभयो । वहाँले पेशा र जिम्मेबारी प्रति सबै इमान्दार भएर लागेको खण्डमा सबैको हित हुने बताउनुभयो । मन्त्री कार्कीले स्वास्थ्यसगैं शिक्षा, आवास र रोजगारमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
फरक प्रसंगमा सरोकारबाला सबैमा आआफ्नो काम र जिम्मेबारी इमान्दारिपूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो । जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहतको अध्यक्षतामा सम्पन्न भएको घोषणा कार्यक्रममा प्रमुख अतिथिका रूपमा कानुन मन्त्री केदार कार्की रहनुभएको थियो । जिल्ला खोप समन्वय समिति संयोजक एवं जिसस प्रमुख मेहताले आफूहरु बालबालिकाहरुको हितमा सदैव गम्भिर रहेको बताउनुहुदै यसको कार्यान्वयनमा जोड दिनुभयो । कार्यक्रममा जिसस उप–प्रमुख कमला खतिवडा, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, गैरसरकारी संस्थाका विनोद विश्वकर्मा, पत्रकार गणेश निरौला, उद्योग वार्णिज्य संघका इनरुवा अध्यक्ष विरेन्द्र साह लगायतकाले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएकोमा बधाई तथा शुभकामना दिनुभयो । कार्यक्रममा १२ वटै पालिकाका प्रमुख तथा उपप्रमुखहरु, अन्य निर्वाचित पदाधिकारीहरू, स्वास्थ्य कर्मचारीहरू, सबै स्वास्थ्य संस्था, केन्द्र र चौकीका कर्मचारीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, विभिन्न संघ संस्थाका प्रतिनिधि, विभिन्न पार्टीका पार्टी प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रवेद यादवले जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरेकोमा खुसी व्यक्त गर्दै नेपाल सरकारको स्वास्थ्य क्षेत्रको प्राथमिकता प्राप्त कार्यक्रमको रूपमा रहेको पूर्ण खोप घोषणा कार्यक्रमलाई घोषणामा मात्र सिमित नराखि यसको दिगोपना सुनिश्चितताका लागि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । यादवले पूर्ण खोप जिल्ला घोषणा कार्यक्रमसम्म आईपुग्दा सहयोग गर्नुहुने सबै संघसंस्था, स्वास्थ्य क्षेत्रका कर्मचारी र विशेष गरि महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रमुख जिल्ला अधिकारीको तर्फबाट हार्दिक आभार प्रकट गर्नुभयो । वहाँले आगामी दिनहरूमा स्वास्थ्य क्षेत्रका समस्याहरूलाई प्राथमिकताका साथ थप नीति तथा योजनाहरूमा समेटिन आग्रह गर्नुभयो । कार्यक्रमका अवसरमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नगरपालिका, उपमहानगरपालिका र गाउँपालिका क्षेत्रभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरू १२ जनालाई सम्मान गरिएको थियो ।


१, सुनसरीको इटहरीमा आयोजना गरेको पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा कार्यक्रमका अथितिहरु र कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री केदार कार्की ।
तस्बिर ः जयकृष्ण यादव । इनरुवा

 

Previous Post

गुरु सम्मान कार्यक्रम

Next Post

जनतामा हाजिरि जवाफ सम्पन्न

Next Post
जनतामा हाजिरि जवाफ सम्पन्न

जनतामा हाजिरि जवाफ सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana