सुनसरीको इटहरी उपमहानगरपालिका १२ खनारमा अपन स्वर्ग नेपाल कला सांस्कृति प्रालि केन्द्रीय कार्यलय ईनरुवाको आयोजनामा साहित्य कार्यक्रम सम्पन्न भएको छ । सुनसरीमा कला, संस्कृति र संस्कारको सम्भावना बोकेको क्षेत्र प्रसस्त रहेकाले त्यसलाई जोडन् र विकास गर्नका लागि साहित्य कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम चतुरलाल चौधरीको अध्यक्षता तथा भुवन पोखरेलको प्रमुख आथित्यमा सम्पन्न भएको प्रालिका केन्द्रिय अध्यक्ष झोटन मेहताले जानकारी दिनुभयो । कार्यक्रममा इटहरी १२ का वडा अध्यक्ष चदेश्वर सरदार, शिवनारायण चौधरी, संस्थाका महासचिव बसुधरा झा सहितको उपस्थिती रहेको थियो ।