Sunday, February 15, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

यादवको उम्मेदबारी विकास र समृद्धिका लागि

यादवको उम्मेदबारी विकास र समृद्धिका लागि

by नेपाल टाइमलाइन न्यूज
October 11, 2022
in चुनावी समाचार, समाचार, स्थानीय समाचार
A A
0
यादवको उम्मेदबारी विकास र समृद्धिका लागि
52
SHARES
Share on FacebookShare on Twitter

सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदबार बन्नभएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कुञ्जिलाल यादवले आफू विकास र समृद्धिका लागि काम गर्ने दावी गर्नुभएको छ । सत्ता गठबन्धन र प्रतिपक्षी एमालेको गठबन्धनका बीचमा आफूले उम्मेदबारी दर्ता गराई विजयी हुने दावी गर्नुहुदै निर्वाचित भएर यस क्षेत्र सहित देशमा विकास र समृद्धिको पक्षमा काम गर्ने बताउनुभएको छ । आईतबार लोकतान्त्रिक समाजवादी पार्टी नेपालका तर्फबाट सुरुमै मनोनयन दर्ता गराई जनताको घरदैलामा पुग्नुभएका यादवले आफू समग्र गाउँ, नगर र देशको विकास र समृद्धिका लागि काम गर्ने गरि चुनावी मैदानमा उत्रेको बताउनुभयो ।

यादव सहित यसैक्षेत्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहनुभएका नेपाली काग्रेंसका केन्द्रिय सदस्य ज्ञानेन्द्र बहादुर कार्की र एमाले जसपा गठबन्धनबाट एमालेका जगदिश प्रसाद कुसियैतले उम्मेद्वारी दर्ता गराउनुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सुनसरी क्षेत्र नं ४ को लागी निर्वाचन अधिकृतको कार्यलय इनरुवामा २५ जनाको उम्मेद्वारी दर्ता भएको छ । निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य एकजना र प्रदेशसभा सदस्य २ जनाको लागि कुल ५३ जनाले मनोनयन दर्ता गरेका छन् । निर्वाचन कार्यालयका अनुसार प्रतिनिसभा सदस्यको लागि कुल २५ जना मध्ये १२ जना स्वतन्त्र उम्मेद्वार हुन् भने १३ जना राजनीतिक दलका उम्मेद्वारहरु हुन् । प्रतिनिधिसभामा राजनीतिक दलबाट मनोनयन दर्ता गर्ने उम्मेद्वाहरुमा राप्रपाबाट विध्यानन्द यादव, नेपाल मजदुर किसान पार्टीबाट अर्जुन प्रसाद भट्टराई, नेकपा माओवादी समाजवादीबाट कुमार राई, जनता प्रगतिशिल पार्टीबाट गुलावचन मुसहर, लोकतान्कि समाजवादी पार्टी नेपालबाट कुञ्जिलाल यादव, नेपालका लागि नेपाली पार्टीबाट डम्बरबहादुर घिमिरे, जनमत पार्टीबाट देवराम यादव, लोकतान्कि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मो. सद्धिक मियाँ, राप्रपा नेपालबाट सत्य नारायण राम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिवनकुमार श्रेष्ठ, एकिकृत शक्ती नेपालबाट गोपाल नेपालले मनोनयन दर्ता गरेका छन् । यस्तै, स्वतन्त्र उम्मेद्वारकोरुपमा डा. खालिद हुसेन हक, कुमार राई, अब्बदुलाह अंसारी, केशव उराँव, समिर मंसुरी, श्यामप्रसाद ढकाल, मनोजकुमार मण्डल, विधानन्द प्रसाद साह, बालेश्वर यादव, फेकनराम मोची, धिरज वर्मा, डिल्लीबहादुर विष्ट, केशव कार्कीले मनोनयन दर्ता गराएका छन् । यस्तै सुनसरी निर्वाचन क्षेत्र ४ प्रदेशसभा (क) मा कुल १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ती मध्ये ११ जना राजनीतिक दलबाट र चार जना स्वतन्त्र उम्मेद्वार हुन् । राजनीतिक दलहरुमा सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेसबाट सदानन्द मण्डल, जसपाबाट पर्शुराम बस्नेत, राप्रपाबाट राजकुमार साहु तेली, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट इन्द्रबहादुर लिम्बु, नेपाल संघीय समाजवादी पार्टीबाट शिवबती थरुनी, राप्रपा नेपालबाट दिपबहादुर कटुवाल, हाम्रो नेपाली पार्टीबाट नरेन्द्र बहादुर बस्नेत, लोकतान्कि समाजवादी पार्टीबाट नुनुलाल उराँव, जनता प्रगतिशिल पार्टीबाट रामचन्द्र सुतिहार वर्मा, नेपाल लोकतान्त्रिक पार्टीबाट विशेश्वर सदाले मनोनयन दर्ता गरेका छन् । त्यसैगरी स्वतन्त्र उम्मेद्वारको रुपमा सविता यादव, राजु मण्डल, रविन रार्ई र बाबुराम बराले मनोनयन दर्ता गराएका छन् । सुनसरी निर्वाचन क्षेत्र ४ प्रदेशसभा (ख) मा कुल १३ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । तीमध्ये राजनीतिक दलबाट ९ जना छन् भने ४ जना स्वतन्त्र उम्मेद्वार छन् । राजनीतिक दलबाट उम्मेद्वारी दर्ता गर्नेमा सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेसबाट हाजि डा. इसराईल मंसुरी, जसपा सहितको गठबन्धनबाट नेकपा एमालेका आबास अंसारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अबास मियाँ, राप्रपाबाट चन्दन मेहता, नेकपा माओवादी समाजवादीबाट तुनमा खातुन, राप्रपा नेपालबाट सत्य देव राम, हाम्रो नेपाली पार्टीका शिवनारायण कुमार पडीत, लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोश मेहता, जनमत पार्टीबाट हरिकुमार मेहताले मनोनयन दर्ता गरेका छन् । यस्तै, स्वतन्त्र उम्मेद्वारको रुपमा हफाज मियाँ, रघुनात महतो कोईरी, नौसाद अंसारी र जबार मियाँले मनोनयन गराएका छन् ।

Previous Post

चुनावी मैदानमा २१३ उम्मेदबार

Next Post

कबडी खेलाडीलाई ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विदाई

Next Post
कबडी खेलाडीलाई ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विदाई

कबडी खेलाडीलाई ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विदाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana