Thursday, March 23, 2023
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

चुनावी मैदानमा २१३ उम्मेदबार

चुनावी मैदानमा २१३ उम्मेदबार

नेपाल टाइमलाइन न्यूज by नेपाल टाइमलाइन न्यूज
October 11, 2022
in चुनावी समाचार, मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
यी चर्चित अनुहार, जसले पार्टीबाट टिकट पाएनन्
9
SHARES
Share on FacebookShare on Twitter

आगामी मंसिर ४ गते हुन लागेको लागेको प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्रब १ बाट सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मुक्सहाङ्ग मेन्याङ्बो र एमाले जसपा गठबन्धनबाट असोक राईले उम्मेद्वारी दर्ता गराएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि शनिबार सुनसरी क्षेत्र नं १ को लागी निर्वाचन अधिकृतको कार्यलय धरानमा २० जनाको उम्मेद्वारी दर्ता भएको छ । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारहरुले धरान ८ सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको समयभित्र शनिबार मनोनयन दर्ता गराएका हुन् ।
निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य एकजना र प्रदेशसभा सदस्य २ जनाको लागि कुल ४९ जनाले मनोनयन दर्ता गरेका छन् । निर्वाचन कार्यालयका अनुसार प्रतिनिसभा सदस्यको लागि कुल २० जना उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । ती मध्ये ११ जना स्वतन्त्र उम्मेद्वार हुन् भने ९ जना राजनीतिक दलका उम्मेद्वारहरु हुन् । प्रतिनिधिसभामा राजनीतिक दलबाट मनोनयन दर्ता गर्ने उम्मेद्वाहरुमा राप्रपाबाट अशोक राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सरस्वती सुब्बा, किरात खम्बुवान साझा पार्टीबाट देवीबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोमा तामाङ (सरिन), मंगोल नेशनल अर्गानाइजेशनबाट प्रेमबहादुर श्रेष्ठ, जनमत पार्टीबाट फत्तबहादुर खड्का र जनसमाजवादी पार्टीबाट मंगलसिंह लिम्बुले मनोनयन दर्ता गरेका छन् । यस्तै, स्वतन्त्र उम्मेद्वारकोरुपमा तर्कबहादुर मगर, संजयकुमार राई, विजयकुमार राई, मनोजकुमार मेन्याङ्बो, मातृकाप्रसाद भट्टराई, जीवनकला राई, कुमार कार्की, कुलबहादुर लिम्बु, बासुप्रसाद खड्का, कृष्णकुमार राई र करुणा राईले मनोनयन दर्ता गराएका छन् ।
यस्तै सुनसरी निर्वाचन क्षेत्र १ प्रदेशसभा (क) मा कुल १५ जनाले उम्मेदेवारी मनोनयन दर्ता गराएका छन् । ती मध्ये ७ जना राजनीतिक दलबाट र ८ जना स्वतन्त्र उम्मेद्वार हुन् । राजनीतिक दलहरुमा नेपाली कांग्रेसबाट उमेश थापा, नेकपा एमालेबाट रमेश बस्नेत, राप्रपाबाट उद्धव श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट भोलामान वर्देवा, किराँत खम्बुवान साझा पार्टीबाट शुरेशकुमार राई र हाम्रो नेपाल पार्टीबाट विजय कालिकोटेले मनोनयन दर्ता गरेका छन् । एता स्वतन्त्र उम्मेद्वारकोरुपमा समिर तामाङ, पदमबहादुर कार्की, गोमा राई, खगेन्द्र श्रेष्ठ, सुमित्रा राई, टंकबहादुर विश्वकर्मा, माया विश्वकर्मा र पासाङ डोल्मा गुरुङले पनि मनोनयन दर्ता गराएका छन् । सुनसरी निर्वाचन क्षेत्र १ प्रदेशसभा ख मा कुल १४ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । तीमध्ये राजनीतिक दलबाट ६ जना छन् भने ८ जना स्वतन्त्र उम्मेद्वार छन् । राजनीतिक दलबाट उम्मेद्वारी दर्ता गर्नेमा नेकपा एमालेका विजयकुमार राई, नेकपा एसका रेवतीरमण राई, किरात खम्बुवान साझा पार्टीका भुपी राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रेमबहादुर लिम्बु, नागरिक उन्मुक्ति पार्टी(रेशम चौधरी) बाट ओमप्रकाश थारु र राप्रपाबाट अनिश ढकालले मनोनयन दर्ता गरेका छन् ।यस्तै, स्वतन्त्र उम्मेद्वारकोरुपमा हेमचन्द्र राई, राजन बस्नेत, विन्द्रमान राई, कमलबहादुर कटवाल, शरण राई, मित्राकुमारी अधिकारी, रोहित सुब्बा र रिकेश विश्वकर्माले मनोनयन गराएका छन् ।
त्यसैगरी आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको लागि सुनसरी क्षेत्र नम्बर २ बाट २७ जनाले मनोनयन दर्ता गराएका छन् । आइतबार मनोनयन दर्ता गर्ने दिन ११ जना स्वतन्त्र सहित २७ जनाले सुनसरी क्षेत्र नम्बर २ बाट उमेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यलय सुनसरी २ ले जानकारी दिएको छ । निर्वाचन अधिकृतको कार्यलयका अनुसार सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको लागि नेपाली कांग्रेसका तर्फबाट सिताराम मेहताले उमेदवारी दर्ता गराएका छन् । मेहता अघिल्लो प्रतिनिधि सभाका समेत निर्वाचित सांसद हुन् । ४ दलिय सत्ता गठबन्धनको तर्फबाट मेहताले सुनरी २ को टिकट पाएका हुन भने यता नेकपा एमाले, जसपा गठबन्धनको तर्फबाट भिम आचार्यलाई उमेदवारी दिएका छन् । यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट लालविक्रम थापाको उमेदवारी परेको छ ,भने राप्रपा नेपालबाट रामेश्वर साहु हलुवाई, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट ममताज मिया, हाम्रो नेपाल पार्टीबाट राजेश चौधरी, जनमत पार्टीबाट रामानन्द मेहताले उमेदवारी मनोनयन गराएका छन् । यस्ते मौलिक जरोकिलो पार्टीबाट रोहित कुमार दुलाल, विवेकशिल साझा पार्टीबाट बिजय कुमार बस्नेतले उमेदवारी दिएका छन् भने नेपाल कम्युनिष्ट पार्टी माक्सवादी बाट शोभावती कुमारी चौधरीको उमेदवारी परेको छ । यता जनसमाजवादी पार्टी नेपालबाट गजेन्द्र बहादुर ढकाल, राप्रपाबाट दिनेश कुमार बस्नेत, नागरिक उन्मुत्ति पार्टीबाट दिपक राज चौधरी, नेपाल लोकतान्त्रिक पार्टीबाट नुनु राम चौधरी, संघीय लोकतान्त्रिक राष्टिय मन्चबाट नैन कुमार विश्वकर्मा र मंगोल नेशनल अर्गनाइजेसनबाट पुर्ण बहादुर गुरुङ्गले उमेदवारी दिएका छन् । सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको लागि स्वतन्त्र उमेदवारी दिनेहरुमा इटहरीका प्रेम प्रसाद भट्टराई, इटहरीकै चेतनाथ पौड्याल, इनरुवाका फरेन्द्र शाह, इटहरीका बाबुराम सुवेदी, इनरुवाका मनोज कुमार मेहता, इनरुवाका ललन कुमार मेहता, इनरुवाकी बविता नुन्दी, इटहरीका विदुर प्रसाद पौडेल, तरहराका शर्मानन्द खतिवडा छन् । इनरुवाका श्रवण कुमार मेहता र सुरेश कुमार मेहताले पनि प्रतिनिधि सभाको लागि स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट १२ जना स्वतन्त्र सहित २३ जनाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेद्वारी मनोनयन गराएका छन् । क्षेत्र नम्बर ३ निर्वाचन अधिकृतको कार्यलयले दिएको जानकारी अनुसार आइतबार ११ बजेदेखि साँझा ५ बजेसम्म २३ जनाको मनोनयन दर्ता भएको छ । मनोनयन दर्ता गराउनेमा गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका विजय कुमार गच्छार छन् भने नेकपा एमाले जसपा गठबन्धबाट नेकपा एमालीकी नेतृ भगवती चौधरी छिन् । यस्तै नेपाली कांग्रेस वीपीबाट अम्बर बहादुर राउत, राप्रपाबाट कमल बाबु मैनाली, पिछडा वर्ग नेपाल दलित पार्टीबाट कुन्दन बहरदार, राप्रपाबाट कुलदिप चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट देव नारायण यादव , हाम्रो नेपाल पार्टीको तर्फबाट यज्ञ बहादुर कट्वाल, संघीय लोकतान्त्रिक राष्टिय मन्चबाट राजोदेवी रिषिदेव, मौकिक जरोकिलो पार्टीबाट रामेश्वर थापा र राष्टिय जनमुक्ति पार्टीबाट साहाउद्धिन मियाले उम्मेद्वार दिएका छन् । यस्तै स्वतन्त्र उम्मेद्वारी दिनेहरुमा इटहरीका स्मित कार्की, गढी गाउँपालिकाकी सुमन कुमारी चौधरी, दुहवीकी सुधादेवी उराँवनी, दुहवीकै सहिमुद्धिन मिया, सज्जन ऋषिदेव, मुकेश प्रसाद ढकाल, फागु यादव छन् । यस्तैगरी स्वतन्त्र उम्मेद्वारी दिनेहरुमा गढी गाउँपालिकाका कपिलेश्वर यादव, दुहवीकी कासनी थरुनी, किशोर कुमार विश्वास, कुमारी उराव र गंगा कुमारी खरेल छन् ।
यसैबीच सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सत्ता गठबन्धनबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहनुभएका नेपाली काग्रेंसका केन्द्रिय सदस्य ज्ञानेन्द्र बहादुर कार्की र एमाले जसपा गठबन्धनबाट एमालेका जगदिश प्रसाद कुसियैतले उम्मेद्वारी दर्ता गराउनुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सुनसरी क्षेत्र नं ४ को लागी निर्वाचन अधिकृतको कार्यलय इनरुवामा २५ जनाको उम्मेद्वारी दर्ता भएको छ । निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य एकजना र प्रदेशसभा सदस्य २ जनाको लागि कुल ५३ जनाले मनोनयन दर्ता गरेका छन् । निर्वाचन कार्यालयका अनुसार प्रतिनिसभा सदस्यको लागि कुल २५ जना मध्ये १२ जना स्वतन्त्र उम्मेद्वार हुन् भने १३ जना राजनीतिक दलका उम्मेद्वारहरु हुन् । प्रतिनिधिसभामा राजनीतिक दलबाट मनोनयन दर्ता गर्ने उम्मेद्वाहरुमा राप्रपाबाट विध्यानन्द यादव, नेपाल मजदुर किसान पार्टीबाट अर्जुन प्रसाद भट्टराई, नेकपा माओवादी समाजवादीबाट कुमार राई, जनता प्रगतिशिल पार्टीबाट गुलावचन मुसहर, लोकतान्कि समाजवादी पार्टी नेपालबाट जुञ्जिलाल यादव, नेपालका लागि नेपाली पार्टीबाट डम्बरबहादुर घिमिरे, जनमत पार्टीबाट देवराम यादव, लोकतान्कि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मो. सद्धिक मियाँ, राप्रपा नेपालबाट सत्य नारायण राम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिवनकुमार श्रेष्ठ, एकिकृत शक्ती नेपालबाट गोपाल नेपालले मनोनयन दर्ता गरेका छन् । यस्तै, स्वतन्त्र उम्मेद्वारकोरुपमा डा. खालिद हुसेन हक, कुमार राई, अब्बदुलाह अंसारी, केशव उराँव, समिर मंसुरी, श्यामप्रसाद ढकाल, मनोजकुमार मण्डल, विधानन्द प्रसाद साह, बालेश्वर यादव, फेकनराम मोची, धिरज वर्मा, डिल्लीबहादुर विष्ट, केशव कार्कीले मनोनयन दर्ता गराएका छन् । यस्तै सुनसरी निर्वाचन क्षेत्र ४ प्रदेशसभा (क) मा कुल १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ती मध्ये ११ जना राजनीतिक दलबाट र चार जना स्वतन्त्र उम्मेद्वार हुन् । राजनीतिक दलहरुमा सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेसबाट सदानन्द मण्डल, जसपाबाट पर्शुराम बस्नेत, राप्रपाबाट राजकुमार साहु तेली, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट इन्द्रबहादुर लिम्बु, नेपाल संघीय समाजवादी पार्टीबाट शिवबती थरुनी, राप्रपा नेपालबाट दिपबहादुर कटुवाल, हाम्रो नेपाली पार्टीबाट नरेन्द्र बहादुर बस्नेत, लोकतान्कि समाजवादी पार्टीबाट नुनुलाल उराँव, जनता प्रगतिशिल पार्टीबाट रामचन्द्र सुतिहार वर्मा, नेपाल लोकतान्त्रिक पार्टीबाट विशेश्वर सदाले मनोनयन दर्ता गरेका छन् । त्यसैगरी स्वतन्त्र उम्मेद्वारको रुपमा सविता यादव, राजु मण्डल, रविन रार्ई र बाबुराम बराले मनोनयन दर्ता गराएका छन् । सुनसरी निर्वाचन क्षेत्र ४ प्रदेशसभा (ख) मा कुल १३ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । तीमध्ये राजनीतिक दलबाट ९ जना छन् भने ४ जना स्वतन्त्र उम्मेद्वार छन् । राजनीतिक दलबाट उम्मेद्वारी दर्ता गर्नेमा सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेसबाट हाजि डा. इसराईल मंसुरी, जसपा सहितको गठबन्धनबाट नेकपा एमालेका आबास अंसारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अबास मियाँ, राप्रपाबाट चन्दन मेहता, नेकपा माओवादी समाजवादीबाट तुनमा खातुन, राप्रपा नेपालबाट सत्य देव राम, हाम्रो नेपाली पार्टीका शिवनारायण कुमार पडीत, लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोश मेहता, जनमत पार्टीबाट हरिकुमार मेहताले मनोनयन दर्ता गरेका छन् । यस्तै, स्वतन्त्र उम्मेद्वारको रुपमा हफाज मियाँ, रघुनात महतो कोईरी, नौसाद अंसारी र जबार मियाँले मनोनयन गराएका छन् । जज न्यूजबाट सभार
Previous Post

Next Post

यादवको उम्मेदबारी विकास र समृद्धिका लागि

Next Post
यादवको उम्मेदबारी विकास र समृद्धिका लागि

यादवको उम्मेदबारी विकास र समृद्धिका लागि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे ?

आज फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे ?

by नेपाल टाइमलाइन न्यूज
February 14, 2023
0

भ्यालेन्टाइन्स डेमा सार्वजनिक बिदा भन्दै सामाजिक सञ्जालमा गृह मन्त्रालयको नक्कली सूचना

भ्यालेन्टाइन्स डेमा सार्वजनिक बिदा भन्दै सामाजिक सञ्जालमा गृह मन्त्रालयको नक्कली सूचना

by नेपाल टाइमलाइन न्यूज
February 14, 2023
0

महादेब मा.बि.को अध्यक्षमा रामकृष्ण कठायत सर्बसम्मत चयन

महादेब मा.बि.को अध्यक्षमा रामकृष्ण कठायत सर्बसम्मत चयन

by नेपाल टाइमलाइन न्यूज
November 27, 2022
0

भु उपयोग नीति कार्यन्वनमा जोड

भु उपयोग नीति कार्यन्वनमा जोड

by नेपाल टाइमलाइन न्यूज
November 7, 2022
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana