नेपालको विकास र पशु चिकित्सा क्षेत्रमा क्रिायाशिल हुदै वि.स.२०४४ सालयता समाजसेवामा रहनुभएका विष्णु निरौला(भारद्धज) हालै देशका सर्वोच्च निकाय अर्थात राष्ट्रपति बिद्यादेवी भण्डारीबाट जनसेवा श्री पदक तथा बिभुषण प्राप्त गर्नुभएको छ । लामो समयदेखि निरन्तर सामाजिक उत्तरदायित्व सहितको व्यवसायिक कर्ममा लागेका निरौलाले समाजमा विविन्न खाले फरक–फरक संदेश दिने खाले कार्यक्रमको आयोजना गर्दै आएका छन् । पोल्ट्री पालन तालिम, डाइक्लोपÞmेनक मुक्त पशु औषधि बजार , पशु प्राविधिकहरुको लागि क्षमता अभिवृद्धि गर्ने तालिम, पशु तथा बाख्रापालन तालिम , सहकारी संस्थाहरु मार्फत दुध, फूल र मासु वृद्धि गर्ने कार्यक्रमबाट पशु स्वास्थ्य र पशु विकासको क्षेत्रले एउटा फड्को मारोस भनि गरि खान प्रेरित गर्ने व्यक्ति हुन् । विस २०५२ चैत्र १० गते आफ्नै खर्च र आयोजनामा निशुल्क पशु स्वास्थ्य र बाझोपन निवारण शिविर को आयोजना गरि नमुनाको रूपमा राज्य समक्ष प्रस्तुत गरेका निरौलाले विस २०६९ भदौ २६ गते बन्यजन्तु र सिमसारको सुरक्षाको लागि राष्ट्रियस्तरको कार्यक्रम आयोजना गरि सम्पन्न गरेका थिए । विविन्न खाले महामारी, प्रकोपहरु र प्राकृतिक विपत्तिमा समेत पीडितलाइ आवश्यकता अनुसारको सहयोग गरि सेवा भाब राख्ने निरौला यसाघि पनि विविन्न नगर, जिल्ला , क्षेत्रीय र राष्ट्रियस्तरका सम्मानहरुले सम्मानित व्यक्ति हुन् भने २०७८ प्रजातन्त्र दिवसको दिन राष्ट्रपति कार्यालयबाट घोषणा भएको जनसेवा श्री पदक तथा बिभुषण प्राप्त गरेका छन् । कार्यालयको निणर्य बमोजिम २०७९ बैशाख १ गते प्रधानमन्त्री शेरबहादुर देऊवा र गृहमन्त्रि बाल कृष्ण खाँणबाट संयुक्त रुपमा हस्ताक्षरित आधिकारिक सम्मान पत्र प्राप्त गरेका छन् भने राष्ट्रपति बिद्यादेवी भण्डारीबाट जनसेवा श्री पदक तथा बिभुषण प्राप्त गरेका छन् । नेपाल टाइम लाइनको एक प्रश्नको जवाफमा निरौलाले लगन , इमान्दार भएर निरनतर प्रयास र लक्ष्य बोकेर यात्रा गरे गन्तब्य मा अवस्य पुगिने बताउछन । यस्ता सकारात्मक सोच र अब्बल गुणहरुले भरिपुर्ण बिष्णु निरौलालाइ हाम्रो अनलाईन टिमको तर्फबाट पनि बधाई तथा शुभकामना छ । उता व्यसायिक क्षेत्रबाट समाज सेवा गर्नुहुने निरौलालाई पत्रकार जयकृष्ण यादवले राष्ट्रपति बिद्यादेवी भण्डारीबाट जनसेवा श्री पदक तथा बिभुषण प्राप्त गर्नुभएकोमा बधाई दिनुभएको छ ।
नमुना बने निरौला (राष्ट्रपतिबाट जनसेवा श्री पदक तथा बिभुषण प्राप्त)