Monday, April 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इनरुवाका वडा अध्यक्षहरु माथि छानविनको माग

इनरुवाका वडा अध्यक्षहरु माथि छानविनको माग

by नेपाल टाइमलाइन न्यूज
April 23, 2022
in स्थानीय समाचार
A A
0
रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
15
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको विभिन्न वडामा नीतिगत अनियमितता र कागज मिलाएर भ्रष्टाचार भएको भन्दै निर्वाचनको अगाडी हरहिसाव सार्वजनिक गर्न नगरबासीले माग गरेका छन् । स्थानीयबासीहरुले पटक पटक मौखिक र लिखित रुपमा बजेट खर्च विवरण सार्वजनिक गर्न, बिलभरपाई सार्वजनिक र आर्थिक पारदर्शिताको माग गर्दै आएको भएपनि हालसम्म सुनुवाई नभएकाले छानविन गर्ने निकाय अख्तियार दुरुपयोग अनुशंधान आयोग, राष्टिय स्वर्तकता केन्द्र, सम्पती सुद्धिकरण आयोग सहितमा उजुरी परेको छ । उजुरी उपर केहीमा छानविन र केहीको बारेमा सम्बन्धीत पक्षले पत्र काटेर जानकारी र सूचना मागेको छ । इनरुवामा सबै भन्दा बढी वडा नम्बर ३ , ४, ५, ६ र ८ मा अनियमितता भएको नगरबासीको आरोप छ । केही उजुरीका बरेमा अख्तियार दुरुपयोग अनुशंधान आयोग इटहरी कार्यालयले छानविन गरेको भएपनि हालसम्म कार्वाही भएको छैन् । तर जिल्लामा सात वर्ष अगाडीको मुद्धामा हालै केही व्यक्ति माथि विषेश अदालतमा मुद्धा दायर भएकाले इनरुवा नगरको वडामा भएको अनियमितिताको सुक्षम छानविन हुने र दोषीलाई छिटो ढिलो कार्वाही हुनेमा स्थानीयबासी विश्वस्त रहेका छन् । केही नागरिकले त वडामा राजा भन्दा ठूला कुरा गर्ने निवर्तमान वडा अध्यक्षहरुको कार्यकालमा उजुरी र गुनासोको सुनुवाई नभएकाले जानकारहरुले कानुनी उपचार खोज्ने भएको छ । आर्थिक वर्ष २०७४।०७५ देखी गएको आर्थिक वर्ष २०७७।०७८ मा मात्रै एउटा वडामा करिव सात करोडको काम तथा कार्यक्रम गरेकोमा देखिने विकास नभएको भन्दै हरहिसाव सार्वजनिक गर्न वडाबासीले माग गरेका हुन् ।
इनरुवा ३ मा जनक स्कुलको बाटो होस कि प्रिसियस स्कुलको बाटो होस, लक्ष्ति वर्गको कार्यक्रम होस कि विकास निर्माणका काम होस बसैमा वडा अध्यक्षले कमिसनमा कमसल काम गरेको आरोप वर्षैपिच्छे बाहिरीएको छ । तर विडम्बना हालसम्म कार्वाही नभएकाले आधिकारिक भ्रष्टाचार भएको देखिदैन । त्यसैगरी इनरुवा ९ साविक बबिया २ महबूूद मियाँको दोकान देखि उत्तर जाने बाटो कालोपत्रे गर्ने कामको ४५ लाख साविक बबिया ६ मेन सडक देखि पूूर्व चन्देश्वर खत्वेको घर हुुदै शशिया महाराज मन्दिर सम्म कालो पत्रे गर्ने ४० लाख रुपैया, साविक बबिया ७ रादानन्दको घर देखि दक्षिण पोखरी चौकको बाटो माटो परी ग्राभेल १५ लाख रुपैयाँ, साविकका वडाहरुमा पोलबत्ती जडान गर्न १० लाख रुपैया, साविक बबिया १ डाडाटोल जाने बाटो माटो परी ग्राभेल गर्न पाँच लाख रुपैया सहितको काममा गुणस्तर नभएको भन्दै त्यसको गुणस्तर र हरहिसाव सार्वजनिक गर्न स्थानीयहरुले माग गरेका छन् । सत्य संसारले गरेको सर्वेक्षणमा काममा राम्रो नभएको र जडान गरिएको पोल बती अधिकाशं नबलेको, निर्माण भएको सडकबाट उकएको र भत्किएको सर्वसाधारणले गुनासो गरेका छन् ।त्यसैगरी स्थानीयले हिसाव सार्वजनिक गर्न माग गर्दै साविक बबिया रतिया खत्वेको दोकान देखि दक्षिण बबियासम्म माटो पुरी ग्राभेल गर्ने बजेट दुइलाख, साविक बबिया ८ अस्मसान घाट र संरक्षण गर्ने दुई लाख, साविक बबिया ६ अस्मसान घाट व्यवस्थापन गर्न दुई लाखको काम भएको नभएको विवरण र विलभरपाई सार्वजनिक सुनुवाई गरि नागरिक सामुु राख्नुपर्ने स्थानीय शिव पंडीतले बताउनुभयो । त्यसैगरी साविक बबिया ३ आजाद साहको घर देखि दक्षिण बौवालाल मेहताको घर सम्मको बाटोमा माटो पुरी ग्राभेल गर्न पाँच लाख, साविक बबिया ३ मा विश्राम घर देखि निर्माण गर्न चार लाख, फुटकर खाल्डा खुल्डी मर्मत गर्ने नाममा आठ लाख रुपैयाँ, साविक बबिया १ इलियासको घर देखि पश्चिम जाने बाटो माटोग्राभेल गर्ने नाममा एक लाखको काम, खानेपानी विस्तार तथा टुवेुल वितरणको नाममा तीन लाखको हिसाव पनि देखाउनुुपर्ने अर्का स्थानीय शिवम शर्माले माग गर्नुभयो ।त्यसतै स्थानीय सगतोडिया साहले साविक बबिया २ जमुद्दिनको घर देखि सलिम मिँयाको घर जानेबाटो माटो पुरी ग्राभेल गर्ने नाममा तीन लाख ५० हजार , साविक बबिया १ म्खतब निर्माण गर्ने नाममा छ लाख रुपैयाँ, साविक बबिया खोप केन्द्र देखि उत्तर बबिया ५ को सीमासम्मको काममा चार लाख बजेट खर्च गरेकोमा गुणस्तर नभएको भन्दै छानविनको माग गरेका छन् । स्थानीय ब्रहमदेव उराँवले कृषकहरुका लागत सहभागितामा च्याप कटर वितरण पाँच लाख, कृषकहरुका लागि घाँसको विउवितरण एक लाख ५० हजार, खेलकुद तथा अन्य व्यस्थापन, बजार व्यस्थापनमा सीसी क्यामेरा जडान, विभिन्न समुदायिक वर्ग साँस्कृतक कार्यक्रम तथा आवश्यक सामग्री खरीद, पूर्णसरसाफाइ तथा फोहोरमैला व्यस्थापन र विपन्न परिवारलाई निशुल्क बिमा लगायतका २० वटा शिर्षकमा अनियमितता भएकाले त्यसको छानविन गर्नुपर्ने माग गर्नुभएको छ ।त्यसैगरि वर्षको १० लाख रुपैयाँ बजेटमा अपवदमा बाहेक सचिव र वडा अध्यक्षले कागज मिलाएर विलभरपाईको भरमा अनियमितता गरेको स्रोतको दावी रहेको छ । वडा अध्यक्षले मासिक झण्डै ८२ हजार रुपियाँ मासिक खर्च गर्दै आएकोले त्यसमा नीतिगत र संस्थागत भ्रष्टाचार भएको आशंका गर्दै स्थानीयहरुले छानविन गर्नुपर्ने माग उठाएका छन् । स्थानीय डिके मेहताले वार्षिक १२ हजार रुपैया खर्च नहुने मसिन्द तथा कार्यालय सञ्चान खर्चमा दुुईलाख ५० हजार ,सुँचार, विद्यतु महशुल, पानीमा एक लाख ५० हजार, पत्रपत्रीका छपाई तथा सचुना प्रकाशन खर्च ५० हजार , कर्मचारी तथा पदाधिकारी भ्रमण खर्च एक लाख ५० हजार, इन्धन पदाधिकारीका लागि एक लाख , विविध खर्च दुुई लाख र मेस्नरी तथा औजार मर्मत तथा सम्भार एक लाख गरि १० लाख रुपैया खर्च गरेको सुनेकोले त्यसमा यर्थात के भएको हो ? के कती खर्च भएको हो ? पत्रकार साथीहरुलाई खोजिगरि दिन आग्रह गर्नुभएको छ ।
उता निवर्तनमा वडा अध्यक्षहरुले आफूहरुको पालामा कुनै भ्रष्टाचार नभएको भन्दै डिजिटर जवाफ सहितको प्रतिकृया दिएका छन् ।

 

Previous Post

नमुना बने निरौला (राष्ट्रपतिबाट जनसेवा श्री पदक तथा बिभुषण प्राप्त)

Next Post

म काग्रेंसमै छु ः गौतम

Next Post
म काग्रेंसमै छु ः गौतम

म काग्रेंसमै छु ः गौतम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana