Saturday, February 21, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

गाउँ, सहर झिलिमिली रेडिमेड दियोले के छ धार्मिक महत्व माटोको दियोको

तिहार सुरु अगाबै गाउँ, सहर झिलिमिली रेडिमेड दियो

by नेपाल टाइमलाइन न्यूज
October 22, 2022
in मनाेरञ्जन, समाचार, स्थानीय समाचार
A A
0
गाउँ, सहर झिलिमिली रेडिमेड दियोले के छ धार्मिक महत्व माटोको दियोको
17
SHARES
Share on FacebookShare on Twitter

रविन्द्र कुमार यादव, इनरुवा

धन त्रयोदशी व्रत अर्थात धन्तेरसको दिनसँगै आज बाट तिहार सुरु भएको छ । तिहारको माहोल अब दियो बाल्ने चलन हट्न थालेको देखि तिहार सुरु हुनु भन्दा केही दिन अगाडि देखि नै गाउँ सहर झिलिमिली देखिन्छ थाल्छ केही वर्ष अगाडि मात्र गाउँ बुढा पाखा,हजूर बा हरुले तिहार बनाउने धन त्रयोदशी दिन देखि दियो बाल्न सुरु गरिन्थ्यो उहाँहरुको अनुसार माटोको दियो अर्थात कुमालेहरु बनाएको माटो दियो शुद्ध हुन्छ र त्यही माटोको दियो बाल्ने चलन थियो ।

 

उज्यालो चाड तिहारले हिन्दु धर्मको धेरै आयाम बोकेको हुन्छ । पाँच दिने चाडमा पशुपक्षी, देवी देवतादेखि मानवसम्म पुजिन्छन् । तिहार दियो बत्ती, गीत संगीत, रङ, फूलजस्ता सुन्दर वस्तुहरू भावनासँग जोडिने पर्व हो

 

अहिले खास रेडिमेड दियो बिजुली बतिले बनाएको दियो अर्थात मम्मबती बाल्लने चलन बढी देखिन्छ।

नेपालमा बस्ने सबै नेपाली भए पनि धर्म संस्कृति फरक फरक छन् सबै आ-आउने धर्म संस्कृति भएमा रमाएको देखिन्छ ।अब तिहार पनि आफ्नै अनुसारले मनाउने गर्छ ।

 

माटोको दियोको धार्मिक र पर्यावरणीय महत्व विशेष छ ।

 

धार्मिक ग्रन्थहरूमा दियोको विशेष महत्व छ । ऋग्वेदमा उल्लेख भएअनुसार दियोमा देवताहरूको तेज हुन्छ । त्यसैले सकारात्मक उर्जाको सञ्चारको लागि दीप प्रज्वलन गरिन्छ । ऋग्वेदकालदेखि नै दीप प्रज्वलन गर्ने चलन मनाइँदै आएको हो जुन पछि गएर विभिन्न कारणले पर्वसँग जोडिएको हो ।

 

यस पर्वमा पूजाआजा गरी घर सजाएमा भक्तजनले विशेष लाभ प्राप्त गर्ने शास्त्रमा उल्लेख गरिएको छ । यसका साथै तिहारको दिन माटोको दियो प्रज्वलन गर्नाले भक्तजनलाई विशेष लाभ मिल्ने र पूजाको सिद्ध फल प्राप्त हुने जनाइएको छ । माटोको दियो बाल्दा घरको वातावरण सकारात्मक रहन्छ, चाडपर्व मनाउने उत्साह बढ्छ, बत्ती बाल्दा घरमा उत्सवको वातावरण सिर्जना हुन्छ ।

 

माटोको दियो पाँच तत्त्वको प्रतीक हो । पृथ्वी, आकाश, वायु, जल र अग्नि यी पाँच तत्त्वलाई दियो बनाउन प्रयोग गरिन्छ । हाम्रो शरीर र सम्पूर्ण प्रकृति यी पाँच तत्त्वले बनेको हो । जलिरहेको दियोले हामीलाई यो सन्देश दिन्छ कि यी पाँच तत्त्वले मात्र अन्धकार हटाउँछ ।

 

साथै जब दियो जलाइन्छ, यसले तीन लोक र तीन समयको प्रतिनिधित्व गर्दछ । माटोको दियोले पृथ्वीलोक र वर्तमान देखाउँछ भने त्यसमा जलिरहेको तेल वा घिउले भारतकाल र पाताल लोकको प्रतिनिधित्व गर्दछ त्यसमा कपासको दियो राखेर जलाई दिँदा त्यो ज्वालाले आकाश, स्वर्ग र भविष्यको प्रतिनिधित्व गर्छ ।

 

बत्ती बाल्ने परम्परा प्राचीन र वैज्ञानिक छ । जसलाई हाम्रा चाडपर्व, हर्षोल्लास र चाडपर्वसँग पनि जोडिएको थियो । जब चारैतिर अन्धकार छाएको हुन्छ, त्यसबेला बत्ती बाल्दा मन प्रसन्न हुन्छ । सायद यसैले बत्ती हाम्रो प्रार्थना र पूजाको एक हिस्सा बनेको छ । दीप प्रज्वलन धेरै महत्वपूर्ण छ ।

 

यसको प्रकाश धेरै प्रकारका कीराहरू र ब्याक्टेरियाहरूको दमनकर्ता पनि हो । यसले धेरै रोगलाई पनि नष्ट गर्छ । हामी यसको अदृश्य प्रभाव बारे अनजान हुन सक्छौँ, तर यसले हाम्रो दिमागमा र हाम्रो वरिपरि सकारात्मक प्रभाव पार्ने क्षमता राख्छ । पुराणमा दियोलाई सकारात्मकताको प्रतीक र दरिद्रता नाशक पनि भनिएको छ ।

 

माटोको दियो बाल्दा के फाइदा हुन्छ ?

 

– तिहारमा पूजा गर्दा लक्ष्मीको अगाडि घिउ र तेलको दियो बाल्ने गरिन्छ । देब्रे हाततिर घिउको दियो बाल्नु पर्छ भन्ने कुरामा ध्यान दिनुहोस् । तेलको दियो दाहिने हातमा राख्नुपर्छ ।

– ध्यान राख्नुहोस् कि पूजाको बीचमा दियो निभ्नु हुँदैन । दीयो सधैं भगवानको मूर्तिको ठिक अगाडि राख्नुपर्छ ।

– घरमा नियमित रुपमा दियो बाल्ने हो भने घरमा सकारात्मक उर्जा कायम रहन्छ । वास्तु दोष समाप्त हुन्छ ।

– अग्नि पुराणका अनुसार सूर्यास्तपछि घरको मुख्य प्रवेशद्वारमा दीप प्रज्वलन गर्नाले घरमा बस्ने मानिसको उमेर बढ्छ । यस्तै रोगहरू समेत हराउन थाल्छन्। यसबाट माता लक्ष्मी प्रसन्न हुन्छिन् ।

– दियोको उज्यालो देवी–देवतालाई धेरै मन पर्ने जनविश्वास छ, त्यसैले पूजा गर्दा अनिवार्य रूपमा दियो बाल्ने गरिन्छ ।

– हरेक साँझ मुख्य ढोका वरिपरि बत्ती बाल्नु पर्छ । यो दियोले घरमा नकारात्मक ऊर्जाको प्रवेशलाई रोक्छ ।

– वातावरणमा रहेका हानिकारक सूक्ष्म कीटाणु पनि बत्तीको धुवाँले नष्ट हुन्छन् । बत्तीले अन्धकारलाई हटाउँछ र प्रकाश फैलाउँछ ।

– घिउको बत्तीको लागि सेतो कपासको बत्ती प्रयोग गर्नुपर्छ । तर तेलको दियोका लागि रातो धागोको बत्ती सबैभन्दा राम्रो मानिन्छ ।

– पूजामा खण्डित वा भाँचिएको दियो बाल्नु हुँदैन । धार्मिक कार्यमा टुटेको सामग्री शुभ मानिदैन ।

 

मंगल र शनि ग्रह प्रशन्न

ज्योतिषशास्त्रका अनुसार माटोलाई मंगल ग्रहको प्रतीक मानिन्छ भने तेललाई शनिको प्रतीक मानिन्छ । यस्तो अवस्थामा तिहारको शुभ अवसरमा माटोको दियो प्रज्वलन गर्नाले मंगल र शनि दुवै ग्रह प्रसन्न भई आशीर्वाद दिन्छन् भन्ने मान्यता छ ।

 

नकारात्मकता हट्छ

शास्त्र अनुसार माटोको दियो प्रज्वलन गर्नाले मानसिक तथा शारीरिक तनाव हटेर सकारात्मक उर्जाको सञ्चार हुन्छ । यससँगै माटोको दियोको प्रकाशलाई सुख र समृद्धिको प्रतीक मानिन्छ ।

Note-अन्य सञ्चार माध्यमको सहयोगमा लेखेको समाचार रविन्द्र कुमार यादव

Previous Post

प्रतिनिधि सभा सदस्य पदका बलियो उम्मेदवार पुर्व प्रोफेसर कुञ्जी लाल यादव

Next Post

सुनसरी–४ चुनावी भिडन्तः कार्कीसँग स्थानीय रुष्ट, कुसियतको पक्षमा माहोल

Next Post
सञ्चार मन्त्री कार्कीद्धारा प्रतिनिधिसभाको लागि मनोनयन दर्ता 

सुनसरी–४ चुनावी भिडन्तः कार्कीसँग स्थानीय रुष्ट, कुसियतको पक्षमा माहोल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana