Monday, January 30, 2023
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरी–४ चुनावी भिडन्तः कार्कीसँग स्थानीय रुष्ट, कुसियतको पक्षमा माहोल

सुनसरी–४ चुनावी भिडन्तः कार्कीसँग स्थानीय रुष्ट, कुसियतको पक्षमा माहोल

नेपाल टाइमलाइन न्यूज by नेपाल टाइमलाइन न्यूज
October 25, 2022
in चुनावी समाचार, समाचार
A A
0
सञ्चार मन्त्री कार्कीद्धारा प्रतिनिधिसभाको लागि मनोनयन दर्ता 
18
SHARES
Share on FacebookShare on Twitter

विराटनगर, ७ कात्तिक । सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवरहरु यतिबेला जनताको घरदैलोमा मत माग्न व्यस्त छन् । विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा होमिएपनि मुख्य प्रतिष्पर्धा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की र नेकपा (एमाले) का नेता तथा प्रदेश १ सरकारका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण्मन्त्री जगदिश कुसियतबिचनै मुख्य प्रतिष्पर्धा हुने स्थानीयको दावी छ ।
आगामी ४ गते हुने निर्वाचनमा सो क्षेत्रमा रोचक चुनावी भिडन्त हुने भएको छ । पाहुना उम्मेदवारको आरोप खेप्दै आएका कार्की र स्थानीयस्तरमा लोकप्रीय नेता कुसियतबिच रोचक प्रतिष्पर्धा हुने स्थानीयले बताएका छन् ।
सञ्चारमन्त्री समेत रहेका कार्की २०७४ सालमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । तर, चुनाव जिताएर पठाएपनि कार्कीले सो क्षेत्रका लागि केही गर्न नसकेको भन्दै स्थानीय जनता रुष्ट छन् ।
कार्कीले चुनाव जितेर गएपनि आफ्नो क्षेत्रका लागि केही नगरेको भन्दै स्थानीय जनता र स्वयं नेपाली कांग्रेसकै कार्यकर्ताहरु उनीसँग रुष्ट छन् । यसपटक कार्कीलाई पराजित गरेर ‘सबक’ सिकाउने ध्याउन्नमा स्थानीय देखिन्छन् ।
चुनावका बेला थुप्रै आश्वासन दिएपनि कार्कीले सो क्षेत्रको विकासमा चासोनै नदिएको स्थानीयको आक्रोश छ । चुनाव जितेर गएपछि निर्वाचन क्षेत्रमा कहिलेकाहीँ मात्र देखा परेको र जनतासँग गरेको बाचा केही पनि पुरा नगरेको भन्दै उनीहरु रुष्ट देखिएका हुन् । ‘उहाँले जितेर गएपनि यस क्षेत्रका लागि केही गर्नुभएन । के गरेको छु भनेर देखाउन सक्नुहुन्छ ?’ स्थानीय दिपक यादव भन्छन,‘ यो क्षेत्रको लागि केही गरेको सबुत छ ?’
उनले पाहुना उम्मेदवारलाई जिताएर पठाउँदा स्थानीय समस्या समाधान नहुने देखिएकाले यसपटक जनताको सुखदुखमा साथ दिँदै आएको र जनतासँग भिजेका नेता जगदिश कुसियतलाईनै जिताएर पठाउने आफुहरुको योजना रहेको बताए ।
त्यस्तै अर्को स्थानीय रमेशकुमार यादवले कार्की सञ्चारमन्त्री रहेपनि सो क्षेत्रमा मोबाइलको नेटवर्क अहिलेसम्म चल्न नसकेको बताए । ‘उहाँ सञ्चारमन्त्री हुनुहुन्छ, यहाँ मोबाइलको टावरले काम गर्दैन । यस्तो गर्छु, उस्तो गर्छु भनेर हजारौँ आश्वासन दिएपनि केही गर्नुभएन ।’ उनले भने,‘चुनाव जितेर यहाँबाट गएपनि बाहिरका लागि मात्र काम गर्नुभयो । त्यसैले यसपल्ट उहाँलाई विदा गर्ने पक्षमा हामीले योजना बनाइसकेका छौँ ।’


उनले सो क्षेत्रका जनतालाई कार्कीको आवश्यकता नरहेको आक्रोश पोखे । ‘अब यहाँ ज्ञानेन्द्र कार्कीको जरुरी छैन ।’ उनले भने,‘उहाँको भोजपुर हो त्यतै जानुपर्यो, यहाँ स्थानीयलाई हामी यसपटक मत दिन्छौँ ।’
त्यसो त सो क्षेत्रका नेपाली कांग्रेसकै स्थानीय नेता कार्यकर्ताहरुसमेत कार्कीसँग निकै रुष्ट देखिन्छन् । ‘हामीले उहाँको अनुहार हेरर सघाएका थिएनौँ । कांग्रेसको उम्मेदवार भएकाले जिताएर पठाएका थियौँ ।’ कांग्रेसका एक कृयाशिल सदस्य भन्छन्,‘तर, हामीले यहाँका जनतासँग जे भनेर यहाँलाई सघाएका थियौँ, त्यो अनुसार केही गर्नुभएन । यसपल्ट हामीबाट केही सहयोग हुँदैन ।’
एमालेका कुसियत निरन्तर जनतासँग घुलमिल भइरहने नेता हुन् । सँधै जनतासँग भिजिरहने नेता कुसियत केपी शर्मा ओली प्रधानमन्त्री र आफू प्रदेश सरकारको मन्त्री हुँदा सो क्षेत्रको विकासलागि थुप्रै योजनाहरु अघि बढाएका छन् ।
उनकै पहलकदमीमा सो क्षेत्रमा धेरै कामहरु भएको स्थानीय शमशेर यादवले बताए । ‘उहाँले यस क्षेत्रका लागि थुप्रै प्रयासहरु गरेको हामीले अनुभूती गरेका छौँ ।’ उनले भने,‘त्यसैले यसपटक अवसर नदिए अन्याय हुन्छ । हामीले आफ्नै ठाउँलाई अन्याय गछौँ । अहिले हाम्रो आवश्यकताने जगदिश कुसियत हो ।’
२०७४ सालको निर्वाचनमा सुनसरीको क्षेत्र नम्बर ४ बाट हाल सञ्चारमन्त्री रहेका ज्ञानेन्द्र कार्की नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । पाहुना उम्मेदवारको आरोप लागेपनि कार्की २०७४ को निर्वाचनमा फराकिलो मतान्तरसहित विजयी भएका थिए । त्यसअघि भोजपुरबाट उम्मेदवार बन्दै आएपनि उनले सफलता हात पार्न सकेका थिएनन् ।
तर, क्षेत्र परिवर्तन गरि सुनसरी झरेका उनीसुुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । सो निर्वाचनमा कार्कीले ३२ हजार ३ सय ४७ मत प्राप्त गर्दा एमालेका स्थानीय नेता रमेश श्रेष्ठले श्रेष्ठले २५ हजार ७ सय ५० मत प्राप्त गरेका थिए ।
शेरबहादुर देउवा नेतृत्वको क्याबिनेटको पहिलो रोजाइमा परेका कार्की सुरुमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त भएका थिए। ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयमा समेत मन्त्रीको भूमिका निर्वाह गरिसकेका उनी दुई पटक अर्थमन्त्री भए। २०३९ सालमा ‘नेपाल विद्यार्थी संघ’ को केन्द्रीय अध्यक्ष भएका कार्की कांग्रेस विभाजनको समयमा प्रजातान्त्रिक कांग्रेसमा लागेका थिए।
२०७४ मा अर्थमन्त्री हुँदा उनी चुनावी मैदानमा होमिएर जित हात पारेका थिए। ०७९ को निर्वाचनमा उनी गठबन्धनकै आडभरोसामा ०७४ कै नतिजालाई दोहो¥याउने पक्षमा छन् ।
तर, कांग्रेसभित्रको गुटबन्दी, स्थानीय नेता कार्यकर्ता असन्तुष्टि र जनता रुष्ट बनेका कारण उनलाई त्यति सहज देखिँदैन । उनीसँग प्रतिष्पर्धामा उत्रिएका एमालेका कुसियत २०५३ सालमै गिरिजाप्रसाद कोइरालासँग पराजित भएका थिए।
कोइरालाले मोरङ र सुनसरी दुवै स्थानबाट चुनाव लडेपछि पछि सुनसरी छाडेका थिए। सोही वर्ष भएको उपनिर्वाचनमा तत्कालीन गृह राज्यमन्त्री हरि सापकोटालाई भने कुसियैतले पराजित गरेका थिए । २०७४ को निर्वाचनमा कुसियत प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
सो क्षेत्रका स्थानीयबासी रहेका कुसियतको पकड सो क्षेत्रमा बलियो छ । जातीय मतसमेत कुसियतलाई जाने देखिएकाले यतिबेला उनको पक्षमा चुनावी माहोल रहेको स्थानीय एमाले कार्यकर्ताहरुको भनाई छ ।

Previous Post

गाउँ, सहर झिलिमिली रेडिमेड दियोले के छ धार्मिक महत्व माटोको दियोको

Next Post

मतदाताको माग र भावना बुझ्न घरदैलौमा मेहता

Next Post
मतदाताको माग र भावना बुझ्न घरदैलौमा मेहता

मतदाताको माग र भावना बुझ्न घरदैलौमा मेहता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महादेब मा.बि.को अध्यक्षमा रामकृष्ण कठायत सर्बसम्मत चयन

महादेब मा.बि.को अध्यक्षमा रामकृष्ण कठायत सर्बसम्मत चयन

by नेपाल टाइमलाइन न्यूज
November 27, 2022
0

भु उपयोग नीति कार्यन्वनमा जोड

भु उपयोग नीति कार्यन्वनमा जोड

by नेपाल टाइमलाइन न्यूज
November 7, 2022
0

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई सम्मान

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई सम्मान

by नेपाल टाइमलाइन न्यूज
November 7, 2022
0

अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तरक्रिया कार्यक्रम सम्पन्न

by नेपाल टाइमलाइन न्यूज
November 7, 2022
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana