सुनसरीको बर्जु गाउँपालिका २ का प्रेम बहादुर गौतमले आफू नेपाली काग्रेंसमै रहेको बताउनुभएको छ । हालै दुहवीमा आयोजित एक कार्यक्रममा गुम्रहामा पारेर राप्रपा प्रवेश गराएको हल्ला फैलिएकाले त्यसमा कुनै सत्यता नभएको र आफू नेपाली काग्रेंसमै रहेको प्रेस विज्ञप्ती मार्फत बताउनुभएको हो ।
सनिबार प्रेस विज्ञप्ती जारी गरि गौतमले आफूलाई गुम्रहामा पारेर राप्रपा प्रवेश गराएकोमा आजै मितिबाट राप्रपा त्यागी आफ्नै घर नेपाली काग्रेंसमा फर्किएको बताउनुभएको छ ।