Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशी प्रदेशमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको सहमति

कोशी प्रदेशमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको सहमति

by नेपाल टाइमलाइन न्यूज
July 3, 2023
in मुख्य खबर
A A
0
कोशी प्रदेशमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको सहमति
9
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । सत्ता गठबन्धन बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री उम्मेदवार बनाउने प्रस्ताव लैजाने सहमति गरेको छ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले कोशी प्रदेश सभा कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर नयाँ सरकार गठनको प्रस्ताव लैजाने सहमति गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे जानकारी दिनुभयो।

कोशी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी गरेको र छलफलपछि कांग्रेस संसदीय दलका नेता थापालाई उम्मेदवार बनाउने प्रस्तावमा सहमति भएको बैठकपछि उहाँले जानकारी दिनुभएको हो।

बैठकपछि नेता पाण्डेले भन्नुभयो, ‘‘कोशी प्रदेशको सरकार गठनको कुरा छ । त्यसको लागि संघीय सरकारमा गठबन्धनमा भएका दलहरुको तर्फबाट पनि के सुझाव दिने भन्दा नेपाली कांग्रेसको संसदीय दलका नेता उद्धव थापालाई गठबन्धनको तर्फबाट मुख्यमन्त्रीको रुपमा अघि सार्ने सल्लाह दिएका छौँ । अहिले गठबन्धनभित्र सबैभन्दा ठूलो संख्या कांग्रेसको छ । त्यसैले, कांग्रेसलाई मुख्यमन्त्री दिनेगरी बाँकी सिट संख्या पनि उहाँहरुलाई नै पुर्‍याउने जिम्मेवारी दिएका छौं ।’’

बैठकमा कोशी प्रदेश सरकारमा राप्रपालाई सँगै लिएर अगाडि बढ्ने विषयमासमेत छलफल भएको जानकारी दिनुभएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि केन्द्रकै गठबन्धनले कोशी प्रदेशमा सरकार बनाउने प्रयास गरिरहेको छ।

आइतबार साँझ कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते साँझ ५ बजेसम्म सरकार गठबनका लागि आह्वान गर्नुभएको छ।

उपाध्यक्ष पाण्डेले जनमतलाई सरकारमा ल्याउने सहमति भएको जानकारी दिनुभएको छ । उहाँले जनमतले दुई मन्त्रालयको दाबी गरे एक मन्त्री र एक राज्यमन्त्री दिनेगरी सहमति भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘जनमतलाई ल्याउने पनि सल्लाह भएको छ, बोलाएर राखेरसरसल्लाह हुन्छ । दुई वटा मन्त्रालय मागेका छन् भने सम्भव भएन भनेराज्यमन्त्री दिएर भए पनि सरकारमा ल्याउने समझदारीपूर्ण कुरा भएको छ ।’’ उहाँले जनमत पार्टीलाई सकेसम्म एउटा मन्त्रालय लिन आग्रह गर्ने विषयमासमेत कुराकानी भएको उहाँको भनाइ छ ।

Previous Post

प्रेमको चर्चाबीच आमेशले भने- समीक्षासँग विवाह गर्न तयार छु

Next Post

कांग्रेसको प्रचार विभागले आधिकारिक सामाजिक सञ्जाल सञ्चालन गर्ने

Next Post
कांग्रेसको प्रचार विभागले आधिकारिक सामाजिक सञ्जाल सञ्चालन गर्ने

कांग्रेसको प्रचार विभागले आधिकारिक सामाजिक सञ्जाल सञ्चालन गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana