Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कांग्रेसको प्रचार विभागले आधिकारिक सामाजिक सञ्जाल सञ्चालन गर्ने

कांग्रेसको प्रचार विभागले आधिकारिक सामाजिक सञ्जाल सञ्चालन गर्ने

by नेपाल टाइमलाइन न्यूज
July 3, 2023
in मुख्य खबर
A A
0
कांग्रेसको प्रचार विभागले आधिकारिक सामाजिक सञ्जाल सञ्चालन गर्ने
11
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले आफ्नो वेबसाइट र आधिकारिक समाजिक सञ्जाल सञ्चालन गर्ने भएको छ ।

 

विभागले हाल सञ्चालित पार्टीको नाम, झण्डा र चुनाव चिह्न राखी खोलिएका विभिन्न सामाजिक सञ्जाल र अन्य पेजहरूलाई विभागमा एक महिनाभित्र सम्पर्क गर्न आह्वान गरेको छ । तत्पश्चात पनि सम्पर्कमा नआउनेलाई अनधिकृत घोषित गरी कानुनी दायरामा ल्याउने विभागले जनाएको छ ।

 

विभागका प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा आज बसेको विभागको बैठकले कांग्रेसको सरकारले आजसम्म गरेका राम्रा कामको सन्देश जनसमक्ष पु¥याउने, पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्तिहरू नगर्न पार्टी सङ्गठनका सबै तहका पदाधिकारी तथा सदस्यलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

 

यसैगरी, विभागको दैनिक गतिविधिलाई गतिशीलताका साथ प्रभावकारी रूपमा सञ्चालन गर्न पदाधिकारीसहितको सचिवालय गठन गर्ने र विभागको कार्यालय कांग्रेसको केन्द्रीय कार्यालय भवनमा राख्ने निर्णय गरिएको छ । विभागका सदस्यहरूको विशिष्ट ज्ञान, क्षमताअनुसार कार्यविभाजन गर्ने उद्देश्यले व्यक्तिगत विवरण सङ्कलन गर्ने, विभागको कामलाई प्रभावकारी बनाउन विभिन्न समिति गठन गरिएको छ।

 

बैठकले निर्देशिका मस्यौदा समिति र कार्ययोजना तर्जुमा समिति गठन गर्ने र सो समितिले १५ दिनभित्र आफ्नो प्रतिवेदन विभागका प्रमुखलाई बुझाउने निर्णय गरेको छ ।

 

निर्देशिका मस्यौदा समितिमा संयोजक दीपकप्रसाद कुइँकेल र सदस्यहरू गोविन्द परियार, गणेश केसी, लीला खनाल, अनुषा नेपाल, राजबहादुर गुरुङ र निमग हुमागाईं रहनुभएको छ । त्यस्तै, तर्जुमा समितिमा समितिका संयोजक गोपालकुमार झा र सदस्यहरू तिलक राई, उमिद वागचन, ई। हुकुम बुढा, विष्णु तिम्सिना, ई. राघव गौतम र रम्भा मिश्र रहनुभएको छ। रासस

Previous Post

कोशी प्रदेशमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको सहमति

Next Post

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो

Next Post
पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana