- रबिन्द्र कुमार यादव//
९ गते देखि शुरू तालिम ११ गते सम्पन्न भएको छ उक्त तालिमको समापन समारोह स्वास्थ्य शाखा प्रमुख आलम अंसारीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताको प्रमुख आतिथ्यता, लेखा अधिकृत महेश राना मगर र जनस्वास्थ्य निरीक्षक हिरालाल साह, भोक्राहा स्वास्थ्य चौकीको प्रमुख रमेश साह लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त तालिममा तीन दिन सम्म इनरूवा अस्पताल सुनसरीकी स्टाफ नर्स पिङ्की मेहताले प्रशिक्षण दिएकी थिइन । कार्यक्रममा बर्थिङ सेन्टर तथा स्वास्थ्य संस्थामा कार्यरत नरसिङ स्टाफहरूको सहभागिता रहेको थियो ।
भवन निर्माण भएको लामो समय पश्चात उदघाटन गरिएको बर्थिङ सेन्टर नरसिंह संचालनको सम्बन्धमा स्वास्थ्य शाखा प्रमुख आलम अंसारी, बर्थिङ सेन्टरमा कार्यरत सिअनमी मिठु श्रेष्ठ, सिअनमी माया राई समेतले पुर्याइ रहेको योगदानको प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले प्रशंसा गर्नु भयो । साथै बर्थिङ सेन्टर भोक्राहा र बर्थिङ सेन्टर नरसिंहको सेवा प्रबाहलाई प्रभावकारी र गुणस्तरीय बनाउन कार्यालयले कुनै कसर बाॅकी नराख्ने र सो को लागि स्वास्थ्य संस्थामा रहेको समस्याको सम्बन्धमा स्वास्थ्यकर्मीहरूले समयमै प्रमुख प्रशासकीयलाई जानकारी गराउनु पर्ने धारणा समेत राख्नु भयो । त्यस्तै कुनै पनि औषधी, उपकरणको आभाव सिर्जना हुन नदिन स्वास्थ्यकरामीलाई निर्देशन पनि दियो ।