Tuesday, April 21, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सय रुपियाँ बढीको सामानमा भन्सार

सय रुपियाँ बढीको सामानमा भन्सार

by नेपाल टाइमलाइन न्यूज
July 21, 2023
in मुख्य खबर
A A
0
सय रुपियाँ बढीको सामानमा भन्सार
9
SHARES
Share on FacebookShare on Twitter

दमक । एक सय रुपियाँभन्दा बढी मूल्यको वस्तु भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याएमा अनिवार्य रुपमा भन्सार तिर्नुपर्ने नियमलाई नेपालको पूर्वी नाका काँकडभिट्टामा कडाईकासाथ पालना गरिने भएको छ । शनिबार भन्सार कार्यालय तथा सरोकारवालाहरुबीच भएको सर्वपक्षिय छलफलमा सहभागिहरुले यसलाई पालना गर्ने साझा प्रतिबद्धता जनाएका हुन् ।

 

भारतबाट नेपाल ल्याएको सामान बाहिर भेटिएमा भन्सार ऐन २०६४ बमोजिम चोरी पैठारी कसुरमा कारबाही हुने जानकारी दिइएको छ । मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेलले राज्यले ल्याएको नीति नियम मान्दिन भन्ने कसैलाई अधिकार नभएकाले यसको कार्यन्वयन गर्न सबैको तत्परता आवश्यक भएको जनाउनुभयो ।

 

यसअघि दैनिक रुपमा घरमा प्रयोग हुने अत्यआवश्यकीय खाद्य बस्तुहरु ल्याउँदा भन्सार अनिवार्य रहेको थिएन । स्थानीयहरुले भारतबाट सहज रुपमा आफूलाई प्रयोग गर्ने सामग्री ल्याउँदै आएका थिए । साउन १ गतेदेखि भने अब अनिवार्य रुपमा भन्सार गर्नु पर्ने अवस्था आएको छ ।

 

“एक सयभन्दा बढी मूल्यको कुनैपनि सामान लिएर भारतको स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले आफ्नो साथमा ल्याएको मालसामानको मेची भन्सार कार्यालयको यात्रु शाखामा अनिवार्य घोषणा गरी जाँचपास गराएर मात्र लैजान सूचना गरिसकेका छौं,” मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले भन्नुभयो ।

 

भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउँदा स्वदेशी बजारमा यसको नकारत्मक असर परेको र राजश्व लक्ष्यसमेत पुरा नभएको जनाउँदै यसमा सहयोग गर्न उहाँले सबैसँग आग्रह गर्नुभयो ।

 

प्रदेश सभा सदस्य गोपाल तामाङ, मेचीनगर नगरपालिकाका पूर्व प्रमुख विमल आचार्य, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख दिपक भारती, सशस्त्र प्रहरी बल भन्सार राजश्व आउट

 

पोष्टका प्रमुख निर्मल थापा लगायतको उपस्थितिमा भएको सर्वपक्षिय छलफलमा स्थानीय राजनीतिक दलका नेताहरुले आफुहरुले सकेको सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयाे ।

Previous Post

धरानको सेउती पुलमा लुटेराको गोलीबाट एक युवकको मृत्यु

Next Post

भोलि शनिबार काठमाडौं र ललितपुरमा एनसेलको मोबाइल सेवामा समस्या आउन सक्ने

Next Post
भोलि शनिबार काठमाडौं र ललितपुरमा एनसेलको मोबाइल सेवामा समस्या आउन सक्ने

भोलि शनिबार काठमाडौं र ललितपुरमा एनसेलको मोबाइल सेवामा समस्या आउन सक्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana