धरान । धरान-तरहरा सडकखण्डको सेउती पुलमा लुटेरा समूहको गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ ।
धनकुटाको मुलघाटबाट विराटनगर आउँदै गरेका विराटनगर-५ निवासी २८ वर्षीय रोहित चौधरीमाथि शुक्रबार दिउँसो हतियारधारी समूहले लुटपाट गरी गोली हानेको प्रहरी स्रोतले बतायो ।
गोली लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागी बीपी प्रतिष्ठान ल्याइएको थियो । आकस्मिक कक्षमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
मृतक चौधरीका साथमा रहेकी युवतीका अनुसार लुटेराहरु तीन जनाको समूहमा आएका थिए । लुटेरा मध्ये २ जनासँग खुकुरी र एक जनासँग पेस्तोल थियो ।
चौधरी साथबाट मोबाइल र पैसा लुटेर लुटेराहरु फरार भएका छन् ।





