Tuesday, April 21, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

मुख्यमन्त्रीको सपथसँगै कोशीमा चार सदस्यीय मन्त्रिपरिषद् गठन

मुख्यमन्त्रीको सपथसँगै कोशीमा चार सदस्यीय मन्त्रिपरिषद् गठन

by नेपाल टाइमलाइन न्यूज
August 2, 2023
in मुख्य खबर
A A
0
मुख्यमन्त्रीको सपथसँगै कोशीमा चार सदस्यीय मन्त्रिपरिषद् गठन
9
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले यहाँ आयोजित सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री थापालाई सपथ गराउनुभएको हो ।

 

मुख्यमन्त्री थापाले सपथ ग्रहण गरेलगतै तीन जना मन्त्री नियुक्त गरी चार सदस्यीय मन्त्रीपरिषद् गठन गर्नुभएको छ । मुख्यमन्त्री थापाले सभामुखबाट राजीनामा दिएर सरकार गठनमा भूमिका खेल्नुभएका नेकपा (माओवादी केन्द्र) का बाबुराम गौतम, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगु र नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवारलाई मन्त्री नियुक्त गर्नुभएको हो ।

 

नवनियुक्त मन्त्रीहरुले पनि प्रदेश प्रमुख खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । नवनियुक्त मन्त्रीको कार्यविभाजन पनि गरिएको छ । गौतमले आर्थिक मामिला तथा योजना मन्त्रालय, जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालय र सुनुवारले खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

 

सरकार निर्माणका लागि सभामुख पदबाट राजीनामा दिनुभएका गौतमलाई मुख्यमन्त्रीपछिको बरियता दिइएको छ । जबेगु र सुनुवार यसअघि असार २१ गते पनि थापा नेतृत्वको सरकारमा सहभागी बन्नुभएको थियो । तर, त्यसबेला उहाँहरुको जिम्मेवारी तोकिएको थिएन ।

Previous Post

अवैध लागूऔषधसहित चार पक्राउ

Next Post

प्रेमिकाको भिडियो ‘पोर्न’ साइटमा राख्दा…

Next Post
प्रेमिकाको भिडियो ‘पोर्न’ साइटमा राख्दा…

प्रेमिकाको भिडियो ‘पोर्न’ साइटमा राख्दा...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana