Monday, April 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

युवा राष्ट्र निर्माणको प्रमुख स्रोत : प्रधानमन्त्री

युवा राष्ट्र निर्माणको प्रमुख स्रोत : प्रधानमन्त्री

by नेपाल टाइमलाइन न्यूज
August 12, 2023
in मुख्य खबर
A A
0
युवा राष्ट्र निर्माणको प्रमुख स्रोत : प्रधानमन्त्री

sf7df8f}F, !% h]7M /f;;;Fu k|d bfxfn k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú /f;;nfO{ cGt/jftf{ lbg''x'Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

9
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज (शनिबार) यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भिडियोमार्फत सम्बोधन गर्नुहुँदै युवा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति रहेको बताउनुभयो ।

 

साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण युवा वर्ग प्रमुख धरोहरका रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले युवालाई राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मान्न सकिने बताउनुभयो । उहाँले गुणात्मक र सङ्ख्यात्मक दुवै दृष्टिले युवा राष्ट्रका मेरुदण्ड भएकाले युवाको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूल धारमा ल्याउन सरकारले राष्ट्रिय युवा नीति, २०७२ जारी गरी लागू गरिसकेको बताउनुभयो ।

 

पछिल्लो पटक युवामा राजनीतिप्रति चासो बढ्दै गएको उहाँको भनाइ थियो । “राजनीति देश र जनताको हितमा केन्द्रित गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो । राष्ट्रिय युवा परिषद्ले राजनीतिमा युवा आकर्षणका साथै उत्पादन, रोजगारी र श्रमशीलता तथा आत्मनिर्भरका क्षेत्रमा समेत महत्त्वपूर्ण पहल लिई बढ्दो पलायन रोक्न ठोस पहल गर्ने प्रधानमन्त्रीले बताउनुभयो ।

 

परिवर्तनको संवाहक मानिने युवा भविष्यको मार्गचित्रसमेत भएको भन्दै उहाँले समुन्नत राष्ट्र निर्माणमा युवा समूहको अतुलनीय योगदान रहेको बताउनुभयो । उहाँले यस वर्षको युवा दिवसले दिगो विकासप्रति सचेत रहन युवालाई थप जिम्मेवारी सुम्पेको बताउनुभयो । दिवसले युवामा रहेको क्षमता उजागर गर्ने मौका प्रदान गर्दै दिगो विकासको लक्ष्य सार्थक बनाउन तथा अगाडि बढ्न उत्प्रेरित गर्ने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गर्नुभयो ।

 

युवामा रहेको ज्ञान, सीप दक्षता र अनुभवलाई प्रयोग गरी दिगो विकास लक्ष्य हासिल गर्ने विषयमा युवालाई परिचालन गर्दै समतामूलक र शान्तिपूर्ण समाज निर्माण गर्न केन्द्रित हुने उहाँले धारणा राख्नुभयो । विश्वव्यापीरुपमा रहेको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र कार्बनडाइक्साइडको उत्सर्जनलाई कम गर्न हरेक क्षेत्रबाट प्रयत्न हुन आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अतिगर्मी, सुख्खाको परिमाण विश्वभरि नै देखिन थालेको परिस्थितिमा हामीले हाम्रा दैनिक व्यवहारमा परिवर्तन ल्याई कार्बनडाइक्साइड, मिथेन र अन्य हरित ग्यासको उत्सर्जनमा कमी ल्याउन जरुरी रहेको बताउनुभयो ।

 

“हाम्रो हिमशृङ्खलामा हिउँ पग्लिएर कालापत्थर मात्र देखिन थालेको परिस्थितिमा हाम्रो विकास निर्माणसम्बन्धी दृष्टिकोणलाई प्रकृतिमैत्री र दीर्घजीवी बनाउन जरुरी छ”, उहाँले भन्नुभयो ।

 

प्रधानमन्त्री प्रचण्डले यसै आर्थिक वर्षलाई सरकारले युवा उद्यमशीलता वर्षका रूपमा मनाउन घोषणा गरेको उल्लेख गर्दै नेपाली युवालाई स्वदेशमा नै भविष्य देखाउनका निम्ति सहुलियतपूर्ण कर्जा, युवामैत्री लगानी निर्माण, नवप्रवर्द्धन र उद्यमशीलतालाई प्राथमिकतामा राखेको बताउनुभयो ।

 

राष्ट्रिय युवा नीति युवा केन्द्रित कानुन र नेपाल सरकारले दिएको जिम्मेवारी तथा निर्देशनलाई परिपालन गर्दै सीमित स्रोत साधनका बाबजुद पनि युवा नेतृत्व विकास र युवा नवप्रवर्द्धनलगायत गतिविधिमा परिषद्ले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । यस वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सीप विकास’ नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । रासस

Previous Post

डेंगु नियन्त्रण र रोकथामका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु

Next Post

कोशीमा सबै दल मिल्नुको विकल्प छैन : मुख्यमन्त्री थापा

Next Post
कोशीमा सबै दल मिल्नुको विकल्प छैन : मुख्यमन्त्री थापा

कोशीमा सबै दल मिल्नुको विकल्प छैन : मुख्यमन्त्री थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana