Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशीमा सबै दल मिल्नुको विकल्प छैन : मुख्यमन्त्री थापा

कोशीमा सबै दल मिल्नुको विकल्प छैन : मुख्यमन्त्री थापा

by नेपाल टाइमलाइन न्यूज
August 12, 2023
in मुख्य खबर
A A
0
कोशीमा सबै दल मिल्नुको विकल्प छैन : मुख्यमन्त्री थापा
9
SHARES
Share on FacebookShare on Twitter

बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशको सरकार अत्यन्तै सङ्कटपूर्ण अवस्थामा चलिरहेको बताउँदै यसको निकासका लागि प्रदेशका सबै दल मिल्नुको विकल्प नरहेको बताउनुभएको छ ।

 

शनिबार झापाको कनकाई नगरपालिकास्थित कनकाई बहुमुखी क्याम्पसमा आयोजित क्याम्पसको १४ औँ क्याम्पस सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले प्रदेश सरकार अङ्क गणितीय हिसाबलेसमेत सङ्कटपूर्ण अवस्थामा रहेको भन्दै सरकारको स्थायित्वका लागि सङ्घर्ष गरिरहेको भन्दै प्रदेश सरकार राजनीतिक समस्या र आर्थिक तरलताका बिचमा रहेकोले कोशी प्रदेश सरकार अन्य प्रदेश सरकार भन्दा पछाडि परिसकेकोले प्रदेशसभा प्रतिनिधित्व गर्ने सबै दललाई समस्या समाधानका लागि गम्भीर भएर लाग्नसमेत आग्रह गर्नुभएको छ ।

 

देशको राजनीतिक सङ्कटलाई बुझेर कोशी प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दल एकआपसमा सहकार्य र एकता विना समस्याको निकास ननिस्कने भन्दै सहकार्यका लागि सबैसँग मुख्यमन्त्रीले आग्रह गर्नुभएको छ । पूर्व मुख्यमन्त्रीले समेत समस्या समाधानका लागि सर्वदलीय सरकारको आह्वान गर्नुभएको सम्झना गर्नुभयो ।

 

सरकारले सर्वदलीय र सहमतीय सरकारका लागि आह्वान गरिएको बताउनुभयो । यसका लागि प्रदेशमा रहेका सबै दलका नेता र सांसदले गम्भीर भएर लागि दिन मुख्यमन्त्री थापाले आग्रह गर्नुभएको छ ।

 

कोशी प्रदेशमा अध्यादेशबाट बजेट आएर सदन अनिश्चित कालका लागि बन्द भएको भन्दै वर्तमान सरकार यो गतिरोध हटाउनका लागि लागिपरेको बताउनुभएको छ । यसका लागि सहमतिकै आधारमा सांसदको गतिरोध हटाउन र बजेटलाई अगाडि बढाउन समेत सरकार लागिपरिरहेको बताउनुभएको छ ।

 

कोशी प्रदेशमा हाल कसैको पनि बहुमत नपुग्ने र अहिलेको गठबन्धन सरकारको पक्षमा बहुमत पुगे पनि यस झिनो बहुमतले सरकारको स्थायित्व र विकासका लागि यो पर्याप्त भने नहुने भन्दै थापाले सहमतीय सरकारको आवश्यकता रहको बताउनुभएको हो ।

 

कार्यक्रममा कोशी प्रदेश सभाका सदस्य लख्खीकुमारी गणेश, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा सिवाकोटी, कनकाई बहुमुखी क्याम्पसका अध्यक्ष प्रकाश चुडाल लगायताले मन्तव्य राख्नुभएको थियो ।

श्रोत:- गोरखापत्र अनलाइन

Previous Post

युवा राष्ट्र निर्माणको प्रमुख स्रोत : प्रधानमन्त्री

Next Post

नेप्से परिसूचकमा ४१ दशमलव ०६ अङ्कको वृद्धि

Next Post
दोहोरो अंकले बढ्यो नेप्से

नेप्से परिसूचकमा ४१ दशमलव ०६ अङ्कको वृद्धि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana