Tuesday, April 21, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

by नेपाल टाइमलाइन न्यूज
August 28, 2023
in मुख्य खबर
A A
0
रकम ठगी गर्ने चार जना पक्राउ
9
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

 

पक्राउपर्नेमा नवलपरासी देवचुली नगरपालिका–८ घर भई काठमाडौँ टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय समीर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका–३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरुङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले राससलाई जानकारी दिनुभयो ।

 

उहाँका अनुसार पक्राउ परेकामध्ये मगरले दुई जनालाई क्यानडा पठाई प्रतिष्ठित मार्केटमा मासिक रु दुई लाख तलबमा काम लगाइदिने भन्दै पीडितबाट रु पाँच लाख ४५ हजार, सुनुवारले एक जनालाई क्रोएसिया पठाई फुड प्याकिङमा मासिक रु एक लाख तलबमा काम लगाइदिने भन्दै पटक–पटक गरी रु दुई लाख, खड्काले एक जनालाई कुवेत पठाई बाइक राइडरमा मासिक रु पचास हजार तलबमा काम लगाइदिने भन्दै रु एक लाख ९४ हजार र गुरुङले एक जनालाई नेदरल्याण्ड पठाई सुपर मार्केटमा मासिक रु एक लाख तलबमा काम लगाइदिने भन्दै गरी रु तीन लाख ४५ हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।

 

मगरलाई काठमाडौँको टोखाबाट, सुनुवारलाई काठमाडौँको मनोहराबाट तथा खड्कालाई काठमाडौँकै सामाखुसीबाट शुक्रबार र गुरुङलाई ललितपुर नख्खिपोटबाट आइतबार पक्राउ गरिएको थियो ।

 

पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरी उपरीक्षक केसीले बताउनुभयो । रासस

Previous Post

कोशी प्रदेशमा आजदेखि बजेट होलिडे, काम कारबाही प्रभावित

Next Post

बजेट खर्च गर्नबाट कोशी प्रदेश सरकार वञ्चित

Next Post
कोशी प्रदेशमा आजदेखि बजेट होलिडे, काम कारबाही प्रभावित

बजेट खर्च गर्नबाट कोशी प्रदेश सरकार वञ्चित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana