Wednesday, April 22, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

बजेट खर्च गर्नबाट कोशी प्रदेश सरकार वञ्चित

बजेट खर्च गर्नबाट कोशी प्रदेश सरकार वञ्चित

by नेपाल टाइमलाइन न्यूज
August 28, 2023
in मुख्य खबर
A A
0
कोशी प्रदेशमा आजदेखि बजेट होलिडे, काम कारबाही प्रभावित
10
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । कोशी प्रदेश सरकारले सरकारी कोषबाट बजेट खर्च गर्न नपाउने भएकाे छ । कोशी प्रदेशले ल्याएको आर्थिक अध्यादेश संसदबाट स्वीकृत नहुँदा बजेट खर्च गर्नबाट वञ्चित भएको हो ।

 

राजनीतिक अस्थिरताका कारण अल्पमतमा परेपछि प्रदेश सरकारले संसद् अधिवेशन अन्त्य गरेर जेठ ३१ गते अध्यादेशमार्फत ल्याएको बजेट असार १४ गते प्रदेश सभामा टेबुल गरिएको थियो ।

 

अध्यादेश टेबुल भएको ६० दिनभित्र संसदमा प्रतिस्थापन विधेयक दर्ता गरी पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप संसदमा प्रतिस्थापन विधेयक पेश हुन नसक्दा प्रदेशमा बजेटविहीन अवस्था सिर्जना भएको हो । संविधान बमोजिम अध्यादेश स्वतः निष्क्रिय भएपछि कोशी प्रदेशमा सम्पूर्ण विकास निर्माणका योजनाहरु अवरुद्ध भएका छन् । यस अवधिमा भएका खर्चको भुक्तानीमा पनि समस्या हुने भएको छ ।

 

अध्यादेश निष्क्रिय भएपछि सरकारले अत्यावश्यक र साधारण खर्च बाहेक विनियोजन शीर्षकबाट हुने सम्पूर्ण खर्चहरु आजैबाट बन्द भएको पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताउनुभयो । प्राविधिक कारणले कोशी प्रदेशमा बजेट खर्च गर्न नसक्ने अवस्था सिर्जना भएपनि त्यसलाई ठूलो विषयको रुपमा लिन नपर्ने उहाँले बताउनुभयो । राजनीतिले निकास पाउनासाथ वा सर्वोच्च अदालतले बाटो खोल्नासाथ बजेटमा देखिएको समस्या समाधान हुने दलका नेताहरुले बताएका छन् ।

 

बजेटविहीनताको अवस्था आएसँगै कोशी प्रदेशमा पारिश्रमिक, घरभाडा, इन्धन तथा प्रशासनिक आदि खर्च गर्ने बाटो अवरुद्ध भएको छ । यद्यपि सरकारले बजेटविहीनताको अवस्था उत्पन्न भएको भन्दै सरकारलाई अध्यादेश जारी गर्ने अधिकार दिनुपर्ने माग गर्दै एक दुई दिनभित्रै सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ ।

 

कोशी प्रदेश सरकारले भदौ २ गते नै प्रदेश सभा सचिवालयमा आर्थिक अध्यादेश र विनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक दर्ता गराएको थियो । तर, सरकारले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने क्रममा सभाध्यक्षले मतदान गरेको विषय सर्वोच्च अदालतसम्म पुग्यो ।

 

सर्वोच्च अदालतले विश्वासको मत लिने क्रममा सभाध्यक्षले मतदान गरेको भन्दै सरकार कामचलाउ हैसियतमा रहने गरी दीर्घकालीन महत्वका कुनै काम नगर्न आदेश जारी गरेपछि सरकारले भदौ ६ गते प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गर्यो । भदौ १० गतेभित्र अध्यादेशलाई प्रतिस्थापन गरिसक्नु पर्नेमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक बहिस्कार गरी सदन सञ्चालनमा अवरोध गरेपछि सरकारले संसदको अधिवेशन अन्त्य गरेर पुनः अध्यादेश ल्याउने तयारी गरेको थियो । तर, सरकारको तयारीलाई सर्वोच्च अदालतले दीर्घकालीन महत्वका कुनै पनि निर्णय नगर्नु भन्ने आदेशले अङ्कुश लगाइदिएपछि सरकार समस्यामा परेको हो ।

 

कोशी प्रदेश सरकारले विश्वासको मत लिएको विषयमा विपक्षी दल नेकपा एमालेले सर्वोच्चमा दायर गरेको रिट निवेदन उपर छलफल गर्न भदौ १५ गते पेशी तोकिएको छ ।

Previous Post

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

Next Post

भाेक्राहा नरसिंह गाउँपालिकामा आज शाेक बिदा

Next Post
भाेक्राहा नरसिंह गाउँपालिकामा आज शाेक बिदा

भाेक्राहा नरसिंह गाउँपालिकामा आज शाेक बिदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana