कोशी । सुनसरीको कोशी गाउँपालीकाले सप्तकोशी नदिबाट आफ्नो ज्यानको प्रवाह नगरी डुब्न लागेका व्यक्तिहरूको उद्धार गर्ने स्थानीय चन्दर मुखियालाई कोशी गाउँपालिकाले सम्मान गरेको छ । मानवताका निम्ति उनले खेलेको भुमिकाको उच्च प्रशंसासहित उनलाई सम्मान-पत्र सहित खादा ओढाएर मंगलबार एककार्यक्रमका बीच कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले सम्मान गरेका हुन ।
कोसी ब्यारेज भई यात्रा गर्ने क्रममा दुर्घटनामा परी सप्तकोसी नदिमा डुब्न लागेका व्यक्तिलाई पटकपटक आफ्नो ज्यानको बाजी राखी बहादुरीपूर्ण तवरबाट उद्धार गर्न सफल भएको भन्दै गाउँपालीकाले मुखियालाई सम्मान गरेको हो ।
मानवताको लागि मुखियाले आफ्नो ज्यानको बाजी राखेर डुब्न लागेका व्यक्तिको सप्तकोसी नदिबाट उद्धार गर्न सफल भएको हुँदा उनको मनोबल उच्च बनाईराख्न सम्मान गरिएको अध्यक्ष अन्सारी बताउँछन् । उनले भविष्यमा यस्ता युवाहरूको पहिचान गरी क्षमता विकासदेखि अन्य आवश्यकता अनुसारका योजना ल्याइने प्रतिबद्धता व्यक्त गरे । सम्मान पत्र खादा ओढाएर कोसी गाउँपालीका ऐयुब अन्सारी,कोसी ८ का वडा अध्यक्ष बलराम क्षेत्रीय,बिओपी भण्टाबारीका डिएसपी भवराज कटवाल,ईलाका प्रहरी कार्यालय भण्टाबारीका इन्चार्ज दुर्गापोमु लिम्बू,जीवानन्द झा,रामचन्द्र महतो,रामपृत मण्डल लगायतले सम्मान गरेका थिए सम्मान पाएपछि भावुक हुँदै मुखियाले गाउँपालीका अध्यक्ष सहित सबैलाई धन्यवाद दिए ।





