Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इनरुवामा पार्टीबाट एक मात्रै महिला प्रमुखको उम्मेदबारी

इनरुवामा पार्टीबाट एक मात्रै महिला प्रमुखको उम्मेदबारी

by नेपाल टाइमलाइन न्यूज
April 27, 2022
in चुनावी समाचार, समाचार
A A
0
सुनसरीमा उत्साहका साथ उम्मेदबारको मनोनय दर्ता
17
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा प्रमुख राजनीतिक दलहरुले मनोनयन दर्ता गराउदाँ एउटा पार्टी मात्रै महिला नगर प्रमुखको उम्मेदबार बनाएको छ ।
सत्तासाझेदारी दल नेकपा माओवादी केन्द्रबाट इनरुवा नगर प्रमुखमा महिलालाई उच्च सम्मान सहित विमला पोखरेललाई उम्मेदबार बनाएको हो । पार्टीले समान्ता, राजनीतिकमा महिला पहुच र समाता मुलक समाज निर्माणमा योगदान गर्न भन्दै इनरुवा नगर प्रमुखमा महिला नेतृ, साहित्यकार , शिक्षक समेत रहनुभएका विमला पोखरेललाई उम्मेदबार बनाएकाले महिला अधिकारकर्मीहरुले महिला प्रमुख जिताउने कसरत थालेका छन् । महिलाहरुलाई प्रमुख पदमा पुग्न नदिन अनेक खेल र सडयन्त्र भईहरेकाले त्यसलाई चिर्न समेत नेकपा माओवादी केन्द्रबाट इनरुवा नगर प्रमुखका उम्मेदबार बिमला पोखरेललाई जिताउने अभियानमा महिलाहरु लागेका छन् । सो पार्टीले उपप्रमुखमा भने पुरुष उम्मेदबार ओके दाहालको उम्मेदबारी दर्ता गराएको जनाएको छ । निर्वाचन अधिकृत कैलाश प्रसाद सुवेदीले दिएको जानकारी अनुसार इनरुवामा प्रमुख सत्ताधारी दल नेपाली काग्रेंसबाट इनरुवा प्रमुखमा केदार भण्डारी र उपप्रमुखमा बिनिता कुमारी मेहता, जनता समाजवादी पार्टीबाट दिलिपचन्द साहु र उपप्रमुखमा सरिता यादव, नेकपा एसबाट नगर प्रमुखमा बसन्त सुवेदीको उम्मेदबारी दर्ता हुदाँ प्रतिपक्षमा रहेको नेकपा एमालेबाट नगर प्रमुखमा सरोज पोखरेल र उपप्रमुखमा सहजादी प्रविणको मनोनय दर्ता भएको छ । इनरुवामा १६ जना नगर प्रमुख र १३ जना उपप्रमुखमा मनोनयन दर्ता गराएका छन् ।

 

विमला पोखरेल मेरो उमेदवारी मेयर पदमा नै किन?
————————————————–
आदरणीय इनरुवावासी आमा,बुबा ,दाजुभाइ र दिदीबहिनीहरू ,मैले मेरो जीवनमा कलिलै उमेरदेखि समाजको शोषण ,पीडन ,विकृति र विसंगतिको विरूद्धमा मेरो आवाज बुलन्द गरि संघर्ष गर्दै आएको हुँ।मनिरीह ,गरिबहरूको उत्थानका लागि विकृति विसंगतिको जालो फाल्न ,समाजलाई समुन्नत पारी स्वच्छ समाजवाद तर्फ उन्मुख गराउन लाल झण्डा उचाली कसम खाई आजसम्म निरन्तर संर्घषरत जीवन बिताइरहेकी छु।मैले समाजमा केही नयाँ चेतना जागरणका लागि पनि साहित्य क्षेत्र तर्फपनि अग्रसर भई केही लेख रचना प्रकाशित भएका कुरा सर्वविदितै छ ।मेरो उमेदवारी केका लागि ?समग्र इनरुवा नगरपालिका क्षेत्रको विकास ,उत्थानको लागि ,समग्र नगर क्षेत्रमा बाटोघाटो ,विधुत आदिको सुप्रबन्धका लागि । शोषित पीडित निमुखा जनताको न्यायका लागि ।बेरोजगारीलाई रोजगारी दिलाउन ,भ्रष्टाचारको अन्त्य गर्नका लागि ।जनताको पीरमार्का बुझेर जनताका भैपरी आउने कार्य सहज रूपमा सम्पन्न गराई दिन ,पिछडिएका नारी ,पुरूषलाई निडर बनाई रोगी दुःखीका लागि स्वास्थ्योपचार आदि गराई उत्थानका लागि समग्र महिलाहरूको हकहित , गाँस,बास र कपास विहीनहरूलाई गाँस ,बास र कपास दिलाउनका लागि मैले मेयर पदमा उमेदवारी दिएकी छु। व्यवस्था बदल्यौँ, अवस्था बदल्न नेकपा माओवादी केन्द्रलाई गोलाकार भित्रको हँसिया हतौँडामा मतदान गरि विजयी बनाओैँ।
Previous Post

सुनसरीमा प्रमुख पदमा महिलाको उम्मेदवारी न्युन, उपप्रमुख पदमा अधिक

Next Post

चुनावमा होमिएका युवा चिकित्सक डा राजिक आलम

Next Post

चुनावमा होमिएका युवा चिकित्सक डा राजिक आलम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana