Friday, April 17, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरीमा प्रमुख पदमा महिलाको उम्मेदवारी न्युन, उपप्रमुख पदमा अधिक

सुनसरीमा प्रमुख पदमा महिलाको उम्मेदवारी न्युन, उपप्रमुख पदमा अधिक

by नेपाल टाइमलाइन न्यूज
April 27, 2022
in चुनावी समाचार
A A
0
सुनसरीमा उत्साहका साथ उम्मेदबारको मनोनय दर्ता
11
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख १३ गते । सनुसरीको १२ वटै स्थानीय तहमा प्रमुख तथा अध्यक्ष पदका लागि महिलाहरुको उम्मेदवारी न्युन मात्रामा परेको छ । जिल्लामा प्रमुख राजनीतिक दलहरुले महिलाहरुलाई उपेक्षा गर्दा नेतृत्व तहमा महिला उम्मेदवार न्युन देखिएको हो ।
जिल्लाको धरान उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार मन्जु भण्डारी सहित ५ जना महिलाको उम्मेदवारी नगरप्रमु्खमा पर्दा १८ जना पुरुषको उम्मेदवारी परेको छ ।
इनरुवा नगरपालिकामा १३ जना नगर प्रमुखको उम्मेदबारी दर्ता हुदाँ नेकाप माओवादी केन्द्रका बिमला पोखरेलको एक मात्रै महिलाबाट प्रमुखको उम्मेदबारी परेको छ ।
त्यसैगरी हरिनगर गाउँपालिकामा ११ जना अध्यक्ष पदका उम्मेदवार मध्ये एक जना मध्ये महिला उम्मेदवार रहेको छ ।
त्यसैगरी कोशी गाउँपालिकामा १४ जना, गढी गाउँपालिकामा ११ जना र देवानगञ्ज गाउँपालिकामा १२ जान अध्यक्ष पदका उम्मेदवार रहेकोमा तीन पालिका एक जनापनि महिला अध्यक्षका उम्मेदवार नरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै इटहरी उपमहानगरपालिकामा १८ जनाको प्रमुख पदमा उम्मेदवारी पर्दा २ जना मात्रै महिला उम्मेदवार रहेका छन् । उपपमुखमा भए पुरुष भन्दै महिला बढी रहेका छन् । समावेशी सिद्धान्त भएकाले उपप्रमुख र उपाध्यक्षमा पुरुषको तुलनामा महिलाको उम्मेदबारी बढी रहेको छ । गढीमा उपाध्यक्षका लागि ९ जना महिला, हरिनगरमा दुई जना पुरुष हुदाँ पाँच जना महिला, कोशीमा एक पुरुष हुदाँ आठ महिला, देवनागञ्जमा ६ जना महिला मात्रै छन् । त्यसैगरी धरानमा पाँच जना पुरुष र ६ महिना उपप्रमुखका उम्मेदबार छन् । इटहरीमा दुई पुरुष हुदाँ सात महिला उपप्रमुखका उम्मेदबार छन् ।
नेपाली काग्रेंसका १२ वटै तहका प्रमुख तथा अध्यक्षहरुको उम्मेदबारी दर्ता
सुनसरीमा नेपाली काग्रेंसले इनरुवामा प्रमुखका लागि केदार भण्डारी, रामधुनीमा सुदिप अधिकारी, इटहरीमा हेमकर्ण पौडेल, धरानमा किसोर राई, दुहबीमा बेदनारायण गच्छदार,
बराहक्षेत्रमा रमेश कार्की, हरिनगरमा गफार अन्सारी, कोशीमा ऐयुब अन्सारी, भोक्राहा–नरसिंहमा अजमल आजाद अन्सारी, देवानगंजमा श्यामलाल मेहता, गढीमा र बर्जुमा रघुनन्दन चौधरीको मनोनयन दर्ता गराएको जनाएको छ ।
हरिनगर गाउँपालिकामा अध्यक्षका लागि नेपाली काग्रेंसबाट गफार अंसारी, नेकपा एमालेबाट लस्करी अंसारी, जनता समाजवादी पार्टीबाट धर्मबिर कुमार आर्य, जनमत पार्टीबाट कपिलेश्वर यादव, नेकपा माओवादी केन्द्रबाट कलावावती उराँवको मनोनयन दर्ता भएको छ ।
दुहवीमा महागठबन्धन हुन नसकेपछि नेकपा एमाले र जसपा बीच गठबन्धन भएको छ । यहाँबाट दुहबीका मेयरमा एमालेका विनय पोखरेल र जसपाबाट उपमेयरमा सरोज सिंहको मनोनयन दर्ता भएको छ । नोपाली काग्रेंसबाट वेदनारायण गच्छदार र उपप्रमुखमा मेनुका खतिवडाले मनोनयन दर्ता भएको हो । एमाले र जसपा गठबन्धनबाट दुहबी नगरका वडाअध्यक्षहरुमा १मा अजुल हुसैन, २ मा इस्राफिल मियाँ, माधव भण्डारी, ४ मा राजन बस्नेत, ५ मा तेज नारायण रौनीयार, ६ मा बिरेन हलुवाई, ७ मा भिम चौधरी, ८ मा अमित राई, ९ मा ताज मियाँ( मुस्तकिम) , १० मा शंकर चौधरी, ११ मा खड्ग उराँव र
१२ मा रामचन्द्र चौधरीको मनोनयन दर्ता भएको छ ।
इनरुवा ९ मा नेपाली काग्रेंसबाट मेहता, १० मियाँ वडा अध्यक्षको उम्मेदबार
सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वडा नम्बर ९ मा नेपाली काग्रेंसका तर्फबाट वडा अध्यक्षमा कृष्णदेव मेहता र १० नम्बर वडा अध्यक्षमा मोहमद खलिल अख्खतरले मनोनयन दर्ता गराउनुभएको छ । त्यसैगरी इनरुवा नगरपालिका वडा नम्बर ९ मा नेपाली काग्रेंसका तर्फबाट वडा अध्यक्षमा कृष्णदेव मेहता र सदस्यहरुमा मनोज कुमार यादव, रामसुन्दर साह, कुस्मी खत्वे र देवकी नेपालको मनोनयन दर्ता भएको छ । इनरुवा १० नम्बर वडा अध्यक्षमा मोहमद खलिल अख्खतर र सदस्यहरुमा बसन्त सरदार, तैयब हुसेन, मिरा सरदार र सुमित्रा ठाकुरले मनोनयन दर्ता गराउनुभएको छ ।
उता जनता समाजवादी पार्टीबाट इनरुवा नगरपालिका वडा नम्बर ९ वडा अध्यक्षमा सत्य नारायण मण्डल, सदस्यमा दिपनारायण मेहता, प्रेमलाल उराँव, पावर्ती खत्वे र विना चौधरीले मनोनयन दर्ता गराउनुभएको छ ।
सुनसरीको कोशी गाउँपालिकाको अध्यक्षका लागि नेपाली काग्रेंसबाट ऐयुव अंसारी उपाध्यक्षमा अनिता यादवले उमेदबारी दिनुभएको छ भने नेकपा एमालेबाट अजय कुसियैत अध्यक्षमा र अनिता उराँवले उपाध्यक्षमा उम्मेदबारी दिनुभएको छ । त्यसैगरी जनता समाजवादी पार्टीबाट देवकृष्ण यादव(गोवर्धन), नेकपा एसबाट रामचन्द्र मटियैत, नेकपा माओवादी केन्द्रबाट तुलसी यादव सहितको मनोनयन दर्ता भएको छ । यहाँका १ देखी ८ नम्बर वडामा नेपाली काग्रेंसबाट क्रममा १ मा निर्मल मण्डल, २ मा ध्यानी उराँव, ३ मा सुलेमान मंसुरी, ४ मा तजमुल मियाँ, ५ मा शाह जमाल, ६ मा जयशंकर खड्का, ७ मा रामचन्द्र कोईरी मेहता, ८ मा बलराम क्षेत्रीको मनोनय दर्ता भएको छ । त्यसैगरी नेकपा एमाले पार्टीको तर्फबाट कोसी गाउँपालीकाको अध्यक्षको लागि अजय कुशियैत र उपाध्यक्षमा अनिता उराँवले मनोनयन दर्ता गराउनुभएको छ । एमालेबाट कोशी १ नम्बर वडाध्यक्षमा रामचन्द्र यादव, २ नम्बर वडामा रामलेखन साह, ३ नम्बर वडामा श्यामसुन्दर सिंह, ४ नम्बर वडामा इसराइल मन्सुरी, ५ नम्बर वडामा इस्माइल मियाँ, ६ नम्बर वडामा इन्द्रदेव यादव, ७ नम्बर वडामा राधे यादव र ८ नम्बर वडामा जयप्रकाश साहले वडा अध्यक्षमा उम्मेदवार दर्ता गराएका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा झिनो मतले ऐयुब अन्सारीसँग पराजित भएका नेकपा एमाले कुशियैत यसपटक सशक्त उम्मेदवारका रूपमा देखिएका छन् ।

 

Previous Post

भोक्राहा नरसिंह वडा नं ६ बाट स्वतन्त्र उमेदवारी मनोज कुमार शाह

Next Post

इनरुवामा पार्टीबाट एक मात्रै महिला प्रमुखको उम्मेदबारी

Next Post
सुनसरीमा उत्साहका साथ उम्मेदबारको मनोनय दर्ता

इनरुवामा पार्टीबाट एक मात्रै महिला प्रमुखको उम्मेदबारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana