सप्तरी । सप्तरीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।सप्तरीको सुरुङगा नगरपालिका २ भेडिया स्थित कदमाहा गाईगाट सडक खण्डमा सोमबार राति करिब पौने ९ बजेको समयमा भेडियादेखी कडोरवातर्फ जाँदै गरेको मोटरसाइकलको ठक्करबाट स्थानीय अघनिया देवी कोईरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सुरुङगा ३ बस्ने निश्चल चौधरीले चलाएको प्र–२–०१–००२ प २३४८ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएकी अघनियालाई सिरहाको लाहानमा समान्य उपचार पश्चात थप उपचारको लागी बिराटनगरतर्फ पठाएकोमा बिराटनगर तर्फ लाने क्रममा सप्तरीको अहीर अस्पताल प्रा.ली. महुली सप्तरीमा इसिजी गर्दा चिकित्सकले ११ बजेरातिमा मृत घोषणा गरेको प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ





