बिराटनगर । नेकपा(एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु महेन्द्र मोरङ्ग अदर्श बहुमुखी क्याम्पस कमिटी बिराटनगरले क्याम्पस प्रमुखलाई विद्यार्थीका विभिन्न समस्याहरु सम्लग्न गरि तत्काल समाधान गर्न १८ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
अनेरास्ववियु महेन्द्र मोरङ्ग क्याम्पस कमिटी अध्यक्ष केशब भण्डारीका अनुसार क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिका लागि Quality Assurance and Accreditation (QAA) परियोजना तत्काल लागू गरिनुपर्ने , हाल देशको अर्थतन्त्रमा देखिएको आर्थिक मन्दिलाई मध्यनजर गर्दै BBA, BBM, BPA , BScCsit , BCA , BIT, BSW(semester) लगायतका प्राइभेट कोर्सहरुको कुल शुल्क तत्काल घटाइनुपर्ने , BBS, B.Sc, BA/BSW, B.Ed लगायतका जेनेरल कोर्सहरुमा पनि नियमित आन्तरिक परिक्षा हुनुपर्ने , प्राइभेट तथा जेनेरेटर दुबै कोर्समा दिइने छात्रवृत्तिको कोटा सङ्ख्या बढाइनुपर्ने , Tour बापत विद्यार्थीहरुलाई दिइने रकम आवास्यकता अनुसार वृद्धि गरिनुपर्ने , क्याम्पसको गेट देखि ज्ञान भवन हुँदै बिज्ञान भवन सम्म जाने बाटो तत्काल पिच गरिनुपर्ने , फुटबल , बास्केटबल , कृकेट , टिटि लगायतका खेल सामाग्रीहरुको पर्याप्त प्रबन्ध गर्दै प्रत्येक खेलको लागि Expert Coach को ब्यबस्था गरिनुपर्ने , पार्किङको उचित ब्यबस्थापन गरिनुपर्ने , पानी बत्ति लगायतका न्युनतम आवास्यकताहरु पूरा गरिनुपर्ने , गौचरणमा परिणत भएको क्याम्पसको खेल मैदान तत्काल खेल खेल्न योग्य बनाइनुपर्ने, महिला सौचालय सँधै सफा राख्दै सेनिटरी प्याडको अभाव हुन नदिइनुपर्ने आदि मागहरूलाई मुख्य रुपमा उठाइएको बताए ।
क्याम्पस कमिटी उपाध्यक्ष माधब पासवान , रिङ्कु चौधरी, रोमन्स खवास , सचिव सार्थक राज घिमिरे लगायत अन्य क्याम्पस कमिटीका पदाधिकारी तथा सदस्यहरु सम्मिलित भै बुझाइएको ज्ञापन पत्रमा गरिएका विद्यार्थीका मागहरू पुरागर्न क्याम्पस कमिटी तत्काल अगाडि नबढे कडा भन्दा कडा आन्दोलन गर्ने र त्यसबाट हुने क्षतीको सम्पुर्ण जिम्मेवार स्वयं क्याम्पस प्रमुख हुनुपर्ने बताइएको छ ।







