इनरुवा । सुनसरीमा ५९ औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । “बालबालिकामा लगानी,सुनिश्चित भविष्यको थालनी“ नारा सहितको ५९ औं राष्ट्रिय बालदिवसको उपलक्ष्यमा इनरुवा ९ बबियाको सरस्वती माविमा लेखकुद, वकतृत्वकला, हाजिरिजवाफ, बादबिवाद लगायतका सात विधाका अत्तिरिक्त कृयाकलाप गरिएको छ । कार्यक्रममा प्रथम,द्धितिय, तृतिय र सान्तवनालाई पुरस्कार समेत वितरण गरेको विद्यालयले जनाएको छ ।
त्यसैगरी इनरुवाको ३० सामुदायिक विद्यालय र ४० बढी संस्थागत विद्यालयमा राष्ट्रिय बालदिवसको अवसरमा बिभिन्न कार्यक्रम गरेको जनाएको छ । उता इनरुवा ५ बलाहाको सूर्यकिरण एकेडेमीमा पुरस्कार तथा सम्मान कार्यक्रम मार्फत विधार्थीहरुलाई सम्मान गरेको छ ।





