इनरूवा । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले शुक्रबार जिल्लाका पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम सम्पन्न गर्नुभएको छ । एकसाता अघि जिल्ल प्रहरी कार्यालयमा सरुवा भई आउनुभएका प्रहरी प्रमुख एसपि रेग्मीले जिल्लामा चोरीतस्करी , लागु औषध र अपराध नियन्त्रण गरि शान्ति अमरचैनको वातावरण निर्माणमा लाग्ने बताउनुभयो । रेग्मीले जिल्लाको शान्ती सुरक्षा सहित समग्र प्रहरीको कार्यमा सूचना अदानप्रदान र अनुसंधान समेतमा पत्रकारहरुले सकरात्मक सहयोग गर्ने अपेक्षा गर्नुभयो । सुनसरी भारत खुल्ला सिमा नाकाको फाइदा उठाउदै तस्करीहरुले भन्सार चोरी तस्करीहरुलाई निरुत्साहित पार्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुका साथै स्रोत र साधनले भ्याएसम्म आफुले कार्य अगाडी बढाउने र आफ्नो कहि कतै कमी कमजोरी हुन गएमा सकरात्मक सल्लाहको समेत रेग्मीले अपेक्षा राख्नुभएको छ । त्यसैगरि जिल्लामा हुन सक्ने सम्भावित अपराधिक घटनाहरुको न्युनिकरणका लागी सम्बन्धित युनिटहरुलाई सक्रिय बनाउने, अपराध र समाजमा हुने विकृतिविसंगती निर्मुल पार्न सञ्चार क्षेत्रको भुमिका महत्वपुर्ण रहने हुदाँ संचारकर्मी एवम् पत्रकारहरुलाई आवश्यक सल्लाह दिनका लागी आग्रह समेत गर्नुभयो । संचारकर्मीसंगको परिचयात्मक कार्यक्रममा रेग्मीसगैं प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारी, प्रहरी निरीक्षक निराला भण्डारी सहितको प्रहरी अधिकृतको उपस्थिती रहेको थियो ।
प्रहरी उपरीक्षक विपिन रेग्मीद्धारा गरिएको पत्रकारहरुसंग परिचयात्मक कार्यक्रममा पत्रकार संतोश यादव, सन्तोश काफ्ले, जयकृष्ण यादव, अर्जुन सुवेदी, अजितकुमार झा, मनोज भुजेल ,रविन्द्र कुमार यादव सहितले सुझाव तथा अवस्थाको बारेमा बोल्नुभएको थियो ।





