Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नेपाल र चीन घनिष्ट मित्र र भरपर्दो विकास साझेदार : उपराष्ट्रपति यादव

नेपाल र चीन घनिष्ट मित्र र भरपर्दो विकास साझेदार : उपराष्ट्रपति यादव

by नेपाल टाइमलाइन न्यूज
September 18, 2023
in मुख्य खबर
A A
0
नेपाल र चीन घनिष्ट मित्र र भरपर्दो विकास साझेदार : उपराष्ट्रपति यादव
8
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको चीनको युनान प्रान्तको सीपीसीका स्थायी समिति सदस्य तथा प्रान्तीय प्रचार विभाग प्रमुख जेङ यानको नेतृत्वको टोलीले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेको छ ।

 

उपराष्ट्रपतिले चिनियाँ टोलीको भ्रमण सुखद एवं फलदायी हुने विश्वास व्यक्त गर्दै भ्रमणको सफलताको शुभकामना समेत दिनुभयो ।

 

उहाँले भन्नुभयो, ‘‘यो भ्रमणले नेपाल र चीनबीच रहिआएको सौहाद्र्रपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्नेछ सक्छ, नेपाल र चीन असल छिमेकी, घनिष्ट मित्र एवं भरपर्दो विकास साझेदार रहिआएका छन् ।’’

 

उपराष्ट्रपति यादवले नेपाल र चीनबीचको सम्बन्ध शान्तिपूर्ण, सहअस्तित्वका पाँच सिद्धान्त, मित्रता, आपसी सहयोग एवं साझेदारी र एकअर्काको आधारभूत स्वार्थ, चासो तथा संवेदनशीलताको जगमा बलियोसँग उभिएको बताउनु भयो ।

 

‘‘मेरो विचारमा उच्चस्तरका भेटघाट, सम्पर्क तथा भ्रमणहरु हाम्रो सम्बन्धलाई थप मजबुत तथा प्रगाढ बनाउन र जनस्तरसम्म पुराउन महत्वपूर्ण रहने भएकाले आगामी दिनमा दुवै देशबीच भ्रमण आदानप्रदानलाई महत्वका साथ प्राथमिकता दिनुपर्दछ’’ उपराष्ट्रपतिले भन्नुभयो ।

 

उपराष्ट्रपति यादवले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको बताउनु भयो । उहाँले गत अगस्टमा चीन भ्रमणका क्रममा युनान प्रान्तबाट पाएको अतिथि सत्कारको उच्च प्रशंसा गर्दै युनानको कुनमिंगमा ७ औं चाइना–साउथ एशिया एक्स्पोजिसन र २७ औ चाइना (कुनमिङ) इम्पोर्ट एण्ड एक्स्पोर्ट फेयर सफलतापूर्वक आयोजना गरेकोमा टोली समक्ष धन्यवाद व्यक्त गर्नुभयो ।

 

‘नेपालको कुल बाह्य व्यापारमध्ये चीनसंगको हिस्सा करीब १४ प्रतिशत रहेकोमा यसलाई वृद्धि गर्न सकिने सम्भावना धेरै छन् ’ उहाँले भन्नुभयो, ‘द्विपक्षीय व्यापारलाई दिगो र व्यापक बनाउन चिनियाँ पक्षलाई तुलनात्मक लाभका विभिन्न उत्पादनहरुमा उत्पादक क्षमता बढाउनुका साथै तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटीजस्ता उत्पादनहरुको निकासी गर्न अनुरोध गर्दछु ।’

 

उपराष्ट्रपति यादवले सुमधुर द्विपक्षीय सम्बन्धका आयामहरुमध्ये जनस्तरको सम्बन्ध एउटा महत्वपूर्ण आयाम रहेकाले दुई देश बीचको सम्बन्ध जनस्तरमा अझै सुदृढ हुनेमा आफू विश्वस्त रहेको समेत बताउनु भयो ।

 

चिनियाँ भ्रमण टोलीका नेतृत्व गर्नु भएका जेङ यानले आफूहरुको यो भेटघाटबाट असाध्यै खुशी भएको जनाउँदै दुई देशीय सम्बन्धलाई थप प्रगाढ, सुदृढ र बलियो बनाउन आफ्नो स्तरबाट प्रयास गर्ने बताउनु भएको थियो ।

Previous Post

प्रधानमन्त्री प्रचण्ड अमेरिकामा

Next Post

इनरुवामा बहुसांस्कृतिक पार्क

Next Post
इनरुवामा बहुसांस्कृतिक पार्क

इनरुवामा बहुसांस्कृतिक पार्क

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana