Saturday, April 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इनरुवामा बहुसांस्कृतिक पार्क

इनरुवा नगरपालिकाको वडा नम्बर २ स्थित उराँव सङ्ग्रहालयसँगै निर्माण भएको बहुसांस्कृतिक पार्कमा रमाउँदै बालबालिकाहरु । तस्विर : जयकृष्ण यादव

by नेपाल टाइमलाइन न्यूज
September 18, 2023
in स्थानीय समाचार
A A
0
इनरुवामा बहुसांस्कृतिक पार्क
9
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा नगरपालिका पहिलो पटक बहुसांस्कृतिक पार्क निर्माण गरिएको छ । चार वर्षअघि इनरुवामा आधुनिक पार्क बनाउन सुरु गरेको भएपनि हाल निर्माण भएपछि बालबालिकादेखि वृद्धवृद्धासम्मलाई बस्न र रमाइलो गर्ने थलो बनेको छ ।

 

युएनडीपीले निर्माण गर्ने सम्झौता भए पनि यहाँ २०७६ सालमै सुरु भएको ९ महिनामा सम्पन्न गर्नुपर्नेमा नभएपछि हाल सामुदायिक विकास संस्था र जिल्ला समन्वय समितिको पहलमा युनएनडीपीकै सहयोगमा इनरुवा नगरपालिकाको वडा नम्बर २ स्थित उराँव सङ्ग्रहालयसँगै बहुसांस्कृतिक पार्क निर्माण गरेको हो । यसमा बहुसांस्कृतिक झल्किने मूर्ति, बाल उद्यान, खेल्ने र बस्न तथा व्यायाम गर्न मिल्ने संरचना छ ।

 

इनरुवा २ को लक्ष्मीनारायण मन्दिर पछाडिको साढे चार कट्ठा क्षेत्रफलमा निर्माण गरिएको बहुसांस्कृतिक पार्कले सबैलाई लाभ नै मिल्ने भएको अधिकारकर्मी धिरज भट्टराईले जानकारी दिनुभयो । भट्टराईले दिनुभएको जानकारी अनुसार इनरुवाको बहुसांस्कृतिक पार्क अपाङ्गमैत्री, उचित पार्किङ र बालमैत्री समेत छ ।

 

इनरुवा नगरपालिकाका निवर्तमान प्रमुख तथा हाल जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले आफूहरुको पहलमा युनएनडीपीको सहयोगमा इनरुवामा केही नभएको ठाउँमा बहुसांस्कृतिक पार्क बन्नु खुसीको कुरा भएको प्रतिक्रिया दिनुभयो । मेहताले बहुसांस्कृतिक पार्क निर्माण भएपछि बालबकालिका, महिला, युवा र ज्येष्ठ नागरिक समेतलाई घुम्ने ठाउँ भएको, रमाइलो गर्ने, आन्नद र अराम गर्ने थलो भएको बताउनुभयो । पार्क महिलामैत्री, अपाङ्गमैत्री, ज्येष्ठनागरिकमैत्री र बालमैत्री समेत रहेको मेहताको भनाइ छ।

Previous Post

नेपाल र चीन घनिष्ट मित्र र भरपर्दो विकास साझेदार : उपराष्ट्रपति यादव

Next Post

स्थानीय पाठ्यपुस्तक संसोधन गर्न माग

Next Post
स्थानीय पाठ्यपुस्तक संसोधन गर्न माग

स्थानीय पाठ्यपुस्तक संसोधन गर्न माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana