विशेष गरी युवाहरुमा चुनावी महुल बढदै जाँदा असल, व्यक्ति चिन्न नसके जस्तो समस्या सक्षम र योग्य ब्याक्तिले अवसर गुमाउदै गएको सजिलै देख्न सकिन्छ । समाजमा सकारात्मक परिवर्तन गर्न युवा पुस्ताको भुमिका अतुलनीय रहेको हुन्छ तर युवा पुस्ता बाटै हुने गल्तिले गर्दा रास्ट्रको उन्नति नभै दुर्गति भएको तितो सत्य हामी माझ ताजै रहेको छ ।
- चुनाव भन्दा केहि समय अघि मात्र प्रत्येक दलका नेता र नेतृत्व लाइ गालि गरिरहेने युवा पुस्ता चुनाव नजिकिदै गर्दा पार्टिको प्रचार प्रसारमा हिडेको सजिलै भेटाउन सक्छौ । नेताले चुनावको मुखमा कस्तो जादु गरिदिन्छन युवा पुस्ता सक्षम र कुसल ब्याक्तिको भन्दा राजनैतिक दलको प्रचार प्रसारमा खुलेर लागिरहेको हुन्छ । पार्टीको झन्डा त्यागेर स्वतन्त्र तरिकाले एक कुसल ब्याक्तिको समर्थन गर्ने क्षमता हामि युवा पुस्तामा नहुनाले नै प्रत्येक चुनावमा तिनै पुरानै अनुहार दोहोरिने गर्दछ । सम्पुर्ण युवा पुस्तालाइ नै यसको दोष थुपार्दिन त म पनि सक्दैन तर अधिकाम्स युवा पुस्ताले चुनावको बेलामा होस उडाउने गर्नाले नै उहि कुपात्र दोहोरिने गर्दछ । पुराना पुस्ता बाट भएका गल्ति कमजोरी लाइ सुधार्ने क्षमता भएका युवा पुस्ता बाटै गल्ति दोहोरिनु समाजको लागि निकै दु:खद कुरा हो । युवा पुस्ता बाटै विभिन्न बाहानामा रोडमा टायर बाली एम्बुलेन्स लाइ सम्म छिर्न नदिएर सर्वसाधारणले अकालमै ज्यान फाल्नु परेको त्यो क्षणलाइ बिर्सिएर आफ्नो ब्याक्तिगत स्वार्थमा बिक्नु नै युवा पुस्ताको ठुलो गल्ति हो ।
अहिलेको चुनावमा पनि उहि पुरानै अनुहार दोहोरीए युवा पुस्तामा कुनै खुबि नभएको छर्लङ्ग हुन्छ । पार्टि र स्वार्थ भन्दा माथि उठौ, सक्षम र कुशल ब्याक्ति लाइ जिताऔं